बैशाखमा आईपिओ निकालेको नेपाल सेवा लघुवित्तले पाँच प्रतिशत लाभांश बाँड्ने

Oct 08, 2018 Merolagani

गत बैशाखमा एक लाख ८० हजार कित्ता साधारण शेयर (आईपिओ) निष्काशन गरेको नेपाल सेवा लघुवित्त वित्तीय संस्था (NSEWA) का शेयरधनीले पनि नगद लाभांश प्राप्त गर्ने भएका छन् । लघुवित्तले गत अावकाे नाफाबाट शेयरधनीलार्इ पाँच प्रतिशत नगद लाभांश वितरण गरेकाे छ ।

असोज १९ गते  शुक्रबार सम्पन्न लघुवित्तको सञ्चालक समिति बैठकले हाल कायम रहेको ६ करोड रुपैयाँ चुक्ता पूँजीको पाँच प्रतिशतले हुन आउने ३० लाख रुपैयाँ नगद लाभांश वितरण गने प्रस्ताव गरेको हो ।

बैठकले शेयरधनीलाई वितरण गर्ने नगद लाभांशको कर प्रयोजनका लागि ०.२६३१ प्रतिशतले हुन आउने एक लाख ५७ हजार ८९५ रुपैयाँ समेत प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृती पश्चात लघुवित्तको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

गत आर्थिक बर्षमा कम्पनीले ४१ लाख ९ हजार ३३५ रुपैयाँ खुद नाफा कमाएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।