साना, मझौंला तथा मध्यम उद्यमीलाई तुरुन्तै कर्जा दिन 'क्विक भुक्तानी प्ल्याटफर्म'

Oct 08, 2018 Merolagani

साना, मझौंला र मध्यम उद्यमीलाई प्राविधिमार्फत वित्तीय स्रोतसम्म पहुँच दिलाउन युके एडको एक्सेस टु फाइनान्स कार्यक्रम (सक्षम) सँगको साझेदारीमा एफवान सफ्ट इन्टरनेशनल प्रा.लि.ले अनलाइन रिभर्स फ्याक्टरिङ प्ल्याटफर्मु तयार पारेको छ।

सोमबार आयोजित कार्यक्रममा सक्षमका टिम लिडर निर्मल दाहाल तथा एफवान सफ्ट इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले साझेदारी पत्रमा हस्ताक्षर गरे।

कार्यक्रममा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र बुद्ध एयरका वित्त निर्देशक रमेश लुईंटेल उपस्थित थिए।

यो साझेदारी अन्तर्गत एफवान सफ्ट इन्टरनेशनलले क्विक भुक्तानी नामक एउटा प्ल्याटफर्म तयार पारेर त्यसलाई सञ्चालन गर्नेछ। यो प्लेटफर्मले ठूला व्यापारिक फर्म तथा कम्पनीका साना तथा मझौला आपूर्तिकर्तालाई बैंक मार्फत जोड्नेछ। जसबाट ठूला व्यापारिक फर्म तथा कम्पनीका लागि सामान आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले तुरुन्तै कर्जा पाउनेछन्।

यो प्लेटफर्म प्रयोग गरेर बैंकले आपूर्तिकर्तालाई उनीहरुले सामान तथा सेवा विक्रि गर्ने ठूला व्यापारिक फर्म तथा कम्पनीले जारी गरेको विलका आधारमा छोटो अवधिको जोखिमरहित कर्जा दिन सक्नेछन्। यसबाट सामान तथा सेवा आपूर्ति गर्ने साना तथा मझौला आपूर्तिकर्ताले विना धितो सहज ढङ्गले ऋणको सुविधा पाउनेछन्।

सक्षमका टिम लिडर निर्मल दाहालले व्याक्ति तथा व्यापार दुवैले डिजिटल इनोभेसनमार्फत वित्तीय स्रोतमा सहज पहुँच प्राप्त गरेको बताए । ‘सक्षम भाग्यमानी पनि छ र यस्ता इनोभेशनलाई हामीले जोडदाररुपमा वकालत पनि गरेका छौं, र यो नयाँ विकास पनि त्यही यात्रामा एउटा नयाँ पाइला हो, उनले भने।

डिजिटल इनोभेशनलाई जोड दिंदै एफवान सफ्टका सिइओ सुवाश शर्माले भने, नेपालको नेतृत्वदायी फिनटेक कम्पनीका रुपमा हामी त्यस्ता फाइनान्सियल टुल तयार गर्न पाउँदा खुशी हुन्छौं, जसले नेपालको अर्थतन्त्रको सम्भावित ठूलो क्षेत्रलाई परिवर्तन गर्न सक्छ।

हाम्रा इनोभेशनहरुले हरेक व्याक्तिलाई सरल, सुरक्षित र सस्तोमा सँधै वित्तीय पहुँच दिन्छन्। छिटो भूक्तानीले साना तथा मझौला उद्यमी मात्रै होइन ठूला कम्पनीलाई पनि फाइदा पुग्नेछ। यो साझेदारी तथा परियोजनाको सम्भावनाका कारण हामी निकै उत्साहित पनि छौं।

सन् २००४ मा स्थापना भएको एफवान सफ्ट इन्टरनेशनल नेपालको फाइनान्सियल टेक्नोलोजीमा नेतृत्वदायी कम्पनी हो। कम्पनीमा अहिले चार सय जनाले काम गरिरहेका छन्। सक्षम युके एडको वित्तीय लगानीमा सञ्चालित वित्तीय पहुँच सम्वन्धी कार्यक्रम हो। डिफिड नेपालका लागि यो कार्यक्रम लुइस बर्जरले स्थानीय तथा अन्तराष्ट्रिय संस्थासँगको सहकार्यमा सञ्चालन गरिरहेको छ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।