दशैंको पूर्वसन्ध्यामा किंग्स लाउञ्जमा ‘किंग्स नाईट विथ सविन राई’

Oct 08, 2018 Merolagani

दरबारमार्गमा रहेको अत्याधुनिक फेमिली रेष्टुरेण्ट किंग्स लाउञ्जमा प्रसिद्ध गायक सविन राईको ब्याण्डले लाइभ पफर्मेन्स गर्ने भएको छ । विजयादशमीको उपलक्ष्यमा आफ्ना ग्राहकलाई शुभकामनासँगै मनोरञ्जन प्रदान गर्ने उद्देश्यले लाउन्जले किंग्स नाईट विथ सविन राई आयोजना गर्ने भएको हो ।

लाउञ्जका ग्राहकलाइ पारिवारिक बातावरणमा मनोरञ्जन प्रदान गर्ने गरी असोज २४ गते बुधबार साँझ ८ बजेदखि राइको विशेष सांगीतिक प्रस्तुती राखिएको लाउञ्जका अध्यक्ष रामचन्द्र श्रेष्ठले जानकारी दिए ।

बुधबार लाउञ्जमा कलाकार, आमदर्शक, संगीतप्रेमी तथा खानाका पारखीहरुको विशेष जमघट हुनेछ । राईको ब्याण्डको प्रस्तुती हेर्नका लागि लाउन्जले विशेष पासकोे व्यवस्था समेत गरेको छ । साथै लाउन्जले विजयादशमीको अवसरमा विहान ११ बजेदेखि साँझ ५ बजेसम्म २० प्रतिशत छुट समेत प्रदान गर्ने छ ।

बुधबार लाउन्जमा नियमीत खानाका परिकासंगै सालमोन र ट्याङग्री कवाव स्पेशल मेनु राखिएको छ । लाउन्जका सेफ तिलबहादुर मगरका अनुसार ट्याङग्री कबाव इण्डियन परिकार हो भने सालमोन कन्टिनेन्टल परिकार हो ।

चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाका हरेक दिन फरक फरक स्वाद लिन पाइने लाउञ्जमा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन लाईभ कन्सर्ट आयोजना हुन्छ । जन्मदिन, एनिभर्सरी तथा विदाई समारोहका दौरान सेवाग्रहीलाई लाउञ्जले सेलिब्रेशन सामग्रीहरु केक, स्प्रे, क्याण्डलहरु निशुल्क उपलब्ध गराउने छ ।

बिहान ११ बजेदेखि राति साढे १२ बजेसम्म संचालन हुने लाउञ्जमा बिहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन हुने छन् । टेरेस कर्नरका साथै पर्सनलबार सहितको भिआईपी हल लाउञ्जको विशेषता हो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।