पुनःनिर्माण सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गर्दै:ज्ञवाली

Oct 09, 2018 RSS

भूकम्पपछिको पुनःनिर्माणलाई सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गराउने तयारी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका कार्यक्रम शुरु गर्न विश्व बैंकसँग छलफल भएको जानकारी दिए ।

फ्रिडम फोरमले काठमाडौंमा आयोजना गरेको ‘जनचासोका समसामयिक मुद्दाहरु : स्थानीय पत्रकार र पुनःनिर्माण प्राधिकरण’ विषयक अन्तरक्रियया कार्यक्रममा उनले भौतिक पुनःनिर्माण मात्र प्राधिकरणको जिम्मेवारी नभएको बताए ।

“सामाजिक आर्थिक पुनःस्थापना प्रभावित जिल्लाका नागरिकको जीविकोपार्जनसँग सम्बन्धित हुन्छ, पुनःनिर्माणमा स्थानीय तहलाई जिम्मेवार बनाउन गाउँपालिकाका अध्यक्ष/नगरपालिकाका प्रमुखको संयोजकत्वमा पुनःनिर्माण समिति गठन गर्ने व्यवस्थासहितका प्रावधान थपेर भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी ऐन २०७२ संशोधनको प्रक्रिया शुरु भएको छ”, उनले भने ।

संशोधनमा जिल्ला तहमा जिल्ला समन्वय समितिका संयोजकको संयोजकत्वमा सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुखलगायत सरोकार भएका निकायका अधिकारी रहने गरी समिति गठन गर्ने व्यवस्था पनि थपिने प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

फोरमका प्रमुख कार्यकारी अधिकृत तारानाथ दाहालले भूकम्प अति प्रभावित १४ जिल्लाका ३५ पत्रकारलाई पुनःनिर्माणमा जनचासोका मुद्दा उठाउन तालीम दिइएको जानकारी दिनुभयो । तालीम पाएका पत्रकारमध्येबाट १५ जना छनोट गरेर लेखनवृत्ति दिइएको छ ।

लेखनवृत्ति पाएका पत्रकारले तयार पारेको पुनःनिर्माणसम्बन्धी ४५ वटा समाचारको सङ्ग्रह पनि दाहालले प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई हस्तान्तरण गर्नुभयो । पत्रकारले भूकम्प प्रभावित जिल्लामा पूर्वाधार, आवास, निर्माण सामग्री, स्वास्थ्य, खानेपानी, सरसफाइ, सांस्कृतिक सम्पदालगायत क्षेत्रमा भइरहेको पुनःनिर्माणको समाचार सामग्री तयार पारेका छन् ।

लेखनवृत्ति पाएका पत्रकारले तयार पारेको पुनःनिर्माणका समाचारलाई पत्रकारद्वय हस्त गुरुङ र धर्मेन्द्र झाले मार्गनिर्देशन सहित अन्तिम रुप दिएका थिए । पत्रकार गुरुङले एउटा भूकम्पले नेपालीको वर्षौंदेखिको परम्परागत जीवनशैलीमा परिवर्तन ल्याएका मुद्दा उठाउनुपर्नेमा जोड दिए। पत्रकार झाले नेपाली पत्रकारिताको पछिल्लो दशकमा तल्लो तहका जनताको मुद्दा आउन छोडेकामा लेखनवृत्ति पाएका समाचारदाताले त्यसलाई पुनःस्थापित गरेको उल्लेख गरे।

कार्यक्रममा प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) गोरखाका प्रमुख रामकुमार श्रेष्ठ एवं ललितपुरका प्रमुख प्रकाश पोखरेल र प्रभावित जिल्लाबाट प्रतिनिधित्व गर्नुहुने पत्रकारले स्थानीयस्तरमा भएका पुनःनिर्माणका समस्या एवं सुधारका लागि गर्नुपर्ने कामका विषयमा आफ्ना विचार राखेका थिए ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।