आँखुखोला हाइड्रोको आईपिओ पहिलो दिनमै ९० प्रतिशत बढी बिक्यो

Oct 09, 2018 Merolagani

आँखु खोला हाइड्रोपावर कम्पनी (AKHCL) ले असोज २३ गतेदेखि सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपिओ) पहिलो दिनमा नै ९० प्रतिशत भन्दा बढी बिक्री भएको छ । हाइड्रोको शेयरमा झण्डै पौने १२ करोड रुपैयाँ बराबरको आवेदन परेको बिक्री प्रबन्धकले सिभिल क्यापिटलले जनाएको छ ।

सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।

जसमध्ये पहिलो दिन ११ लाख ६३ हजार कित्ताका लागि आवेदन परेको  छ । बिक्री प्रबन्धकका अनुसार आइतबार साँँझ ५ बजेसम्म ११ करोड ६३ लाख रुपैयाँ बराबरको आवेदन परेको छ । यो सर्वसाधारणलाई छुट्याइएकोमध्ये ९० प्रतिशत भन्दा धेरै हो ।

आँखु खोलाल कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

यस आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

इच्छुक आवेदकले धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आवेदन गर्न सक्नेछन् ।
इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १७ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । तर स्थानीयबाट ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।

कस्तो छ कम्पनी ?

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ ।

आयोजनाको कूल लागत २४२.७३ करोड रहेको छ । जसको प्रतिमेगावाट लागत २८।८९ करोड रहेको छ । आयोजनाले साधारण लगानी फिर्ता हुने समयवधि करिब ९ बर्ष राखेको छ ।

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र रहेको यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा रहेको छ । कम्पनीमा एक हजार १४९ जना संस्थापक शेयरधनीको ७५ प्रतिशत लगानी रहेका छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले भविष्यमा अन्य आयोजना बनाउने उदेश्य राखेको छ भने सिङ्गटी साना जलविद्युत आयोजनामा ६५ हजार कित्ता अर्थात ६५ लाख रुपैयाँ लगानी गरेको छ । आर्थिक सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट यो आयोजना आकर्षक देखिएकोले आयोजनामा लगानी गरेको कम्पनीले जनाएको छ ।

यस्ता छन् कम्पनीका उदेश्य

कम्पनीले जलविद्युत उत्पादन गरि थोक तथा खुद्रा बिक्री गर्ने तथा विद्युत प्सारण लाइन, वितरण, सव स्टेशन निमार्ण तथा सञ्चालन गर्ने, विद्युत उत्पादनका लागि आवश्यक सामाग्रीको आयात निर्यात गर्नेसम्मको उदेश्य राखेको छ ।

सौर्य तथा वायु उर्जावाट विद्युत उत्पादन गर्ने।गराउने र सो सम्बन्धि प्राविधिक तथा इन्जिनियरिङ्ग सेवा उपलब्ध गराउने लगायतका उदेश्य रहेको आह्वानपत्रमा उल्लेख गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।