लक्ष्मी क्यापिटलद्धारा साधारण सभा आह्वान, तीन करोड लाभांश बाँड्दै

Oct 10, 2018 Merolagani

लक्ष्मी क्यापिटल (LCML) ले असोज २८ गते दशौं बार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्त कम्पनीको साधारण सभाले गत आर्थिक बर्षको नाफाबाट तीन करोड रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ ।

क्यापिटलले लाभांश पारित गर्न रोयल एम्पायर बुटिक होटल वालुवाटार काठमाडौंमा बेलुका ५:०० बजे साधारण सभा आह्वान गरेको छ ।

सभामा आर्थिक बर्ष २०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति र पाारिश्रमिक निर्धारण, सञ्चालकको बैठक भत्ता वृद्धि, आर्थिक बर्ष २०७४/७५ को नाफा नोक्सान हिसाब तथा सञ्चालक समितिको वित्तीय प्रतिवेदन छलफल गरि पारित गर्ने लगायतका एजेण्डा रहेका छन् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।