अमेरिकी डलरको मूल्य असोज २४ गते बुधबार हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि प्रति डलरको बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । खरिददर भने ११८ रुपैयाँ ७३ पैसा तोकेको छ । यससँगै अमेरिकी डलरसँग नेपाली रुपैयाँ इतिहासमै धेरै कमजोर बनेको छ ।