बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । पहिलो चरणमा बैंकको हकप्रदमा ज्यादै न्युन आवेदन परे पछि १५ दिन म्याद थप गरेको थियो ।
१५ दिन समय थप गर्दा समेत बैंकको ९३ लाख कित्ता सेयर बिक्री नभएको प्रारम्भिक तथ्यले देखाएको हो । मेरोलगानीलाई प्राप्त प्रारम्भिक विबरण अनुसार एनसीसी बैंकको निष्काशित सेयरमध्ये १ करोड ४१ लाख कित्ताको हाराहारीमा मात्र हकप्रद सेयर बिक्री भएको हो । केही स्थानका साथै आस्वाको अन्तिम तथ्यांक आए पछि हकप्रद बिक्रीको तथ्यांकमा केही परिमार्जन हुन सक्छ ।
हकप्रदमा बिक्री ९३ लाखभन्दा बढी कित्ता सेयर अब बैंकले लिलामीबाट बिक्री गर्नेछ । बैंकले लिलामीबाट उल्लेखित सेयर बिक्री गरेर चालु आर्थिक वर्षमा केही रकम प्रिमियम संकलन गर्नेछ ।
बजारमा सस्तो अवस्थामा रहेको बैंकको सेयर लिलामीमा भने उत्साहजनक अवस्थामा बिक्री हुने अवस्था नरहन सक्छ । बैंकले हकप्रद बिक्रीबाट आएको रकम तरलता व्यवस्थापन, शाखा विस्तार लगायत काममा खर्च गर्ने यस अघि नै बताई सकेको छ ।
हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
राष्ट्र बैैंकले तोकेको न्यूनतम ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकलाई अझै ९९ करोड अपुग हुने देखिन्छ । यो रकम अब बैंकले बोनस सेयरबाट पुर्याउनु पर्ने हुन्छ ।