कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुने

Oct 11, 2018 Merolagani


एभरेष्ट बैंक लिमिटेड (EBL)  र दक्षिण कोरियाली मनिट्रान्स्फर अपरेटर फिनसर्ट आईनकर्पोरेट बीचमा रेमिट्यान्स सम्झौंता भएको छ । यसपछि दक्षिण कोरियाबाट एभरेष्ट बैंकमा रेमिट्यान्स पठाउन सहज हुनेछ ।

उक्त सम्झौंता पत्रमा बैंकका अधिकारी र फिनसर्टका प्रमुख कार्यकारी अधिकृतले हस्ताक्षर गरेका छन् ।

 

क्वाइन सर्ट एउटा रजिस्टर्ड अनलाईन प्रडक्ट हो र यसले फिनसर्टबाट सेवा प्रदान गर्ने छ । जसलाई सजिलै वेभसाइट तथा मोवाइल एप्लीकेशनमा पाउन सकिन्छ । एन्ड्रोइड तथा आईओएस दुबै डिभाइसमा उक्त एपलिकेसन रहेको छ ।

कुनैपनि रेमिट्यान्स पठाउने मानिसले क्वाइसर्टमा रजिस्टर हुनुपर्ने छ, त्यसपछि क्वाइसर्टले एभरेष्ट बैंक मार्फत नेपालमा रेमिट्यान्स पठाउने छ ।

यो समझदारी सँगै बैंकको सेवा दक्षिण कोरियासम्म पुगेको छ । हामी अझैं बैंकको रेमिट्यान्स सेवालाई बिस्तार गर्दै लाने छौं । त्यो रेमिट्यान्स सिनोसर्टबाट प्राप्त भएसँगै देशभर रहेको एभरेष्ट बैंकका ८२ वटा ब्रान्च र ५५०० रेमिट्यान्स एजेन्टहरुमार्फत भुक्तानी लिन सकिने छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।