स्वाभिमान माइक्रोफाइनान्सद्धारा आईपिओ जारी गर्न धितोपत्र बोर्डमा निवेदन

Oct 11, 2018 Merolagani

स्वाभिमान माइक्रोफाइनान्स वित्तीय संस्था (SMBSL) ले एक करोड ८० लाख रुपैयाँको साधारण शेयर (आइपिओ) निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

माइक्रोफाइनान्सले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा एक लाख ८० हजार कित्ता आइपिओ जारी गर्न नियामक निकायमा अनुमति माग गरेको हो । 

कम्पनीले साधारण शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ छ । आइपिओ बिक्री पश्चात लघुविवत्तको चुक्ता पुँजी ६ करोड रुपैयाँ पुग्नेछ ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सले आर्थिक बर्ष २०७४/७५ मा दुई लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको जगेडा कोष २६ लाख ७७ हजार रुपैयाँले ऋणात्मक छ । माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात ०.०५ प्रतिशत छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।