ब्याजदर घटाउने भद्र सहमतिले नेप्से र कारोबार दुबै सूचकमा सुधार

Oct 11, 2018 Merolagani

बैंकर्स संघकाे बैठकले मुद्धती निक्षेपमा प्रदान गर्ने ब्याजदर घटाएपछि साताको अन्तिम दिन बिहीबार शेयर बजारमा हरियाली छाएको छ । बैंकर्स संघको बिहीबार बैंठकमा मुद्धती निक्षेपको ब्याजदरको सीमा अधिकतम १० प्रतिशत कायम गर्ने सहमतिपछि नेप्से झण्डै दाेहाेराे अंकले बढेकाे हो ।

 

बिहीबार नेप्से सूचक ९.९५ अंकले बढेर १२२८.२८ अंकमा पुगेको छ । 

यस दिन १६५ कम्पनिको ८ लाख ६२ हजार ३६८ कित्ता शेयर २५ करोड २२ लाख ९१ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । बुधबार २२ करोड ६५ लाख रुपैयाँको कारोबार भएको थियो ।

साथै शेयर बजारका लगानीकर्ता दशैं मनाउन उपत्यका बाहिर जान सुरु गरेपछि घट्न थालेको शेयर कारोबार रकममा समेत बुधबारको तुलनामा बिहीबार दुई करोड ५७ लाखले बढोत्तरी भएको छ ।समग्र बजार पूँजीकरण १४ खर्ब ६४ अर्ब रुपैयाँमा समेटिएको छ ।

बिहीबार कारोबारमा आएका दश उप-समूह मध्ये आठ उप-समूहको सूचक सकारात्मक बनेको छ भने दुई उप समूहको सूचक मात्र घटेको छ । निर्जीवन बीमा सबैभन्दा धेरै ४९.४३ अंकले वृद्धि भएको छ । बैंकिङ्ग १२.२७, डेभलपमेण्ट बैंक ११.८८, लघुवित्त ९.६, वित्त ५.७२, अन्य ५.३२ र हाइड्रोपावरको सूचक १.९४ अंकले बढोत्तरी भएको छ ।

होटलको सूचक ३५.३८ अंक र उत्पादनको सूचक १२.४३ अंकले ऋणात्मक बनेको हो ।

 

उत्कृष्ट कारोबार भएको दश कम्पनीमध्ये पाँच कम्पनीको एक करोड बढीको कारोबार भएको छ । जसमध्ये मेगा बैंकको ८२ हजार ७६० कित्ता शेयर एक करोड ६४ लाख रुपैयाँमा किनबेच भएको छ । एनआइसी एसिया बैंक, एनएमबि बैंक, जनता बैंक र नेपाल लाइफ इन्स्योरेन्सको पनि एक करोड बढी कारोबार गर्ने कम्पनीभित्र अटाएका छन् ।

बिहीबारको बजारमा युनाइटेड फाइनान्सको शेयरमूल्य ७.९५ प्रतिशतले वृद्धि भई अग्रस्थानमा रहेको छ भने सिन्धु विकास बैकको शेयरमूल्य ५.१७ प्रतिशत बढेको छ ।

र्सिजना फाइनान्स, नेपाल सेवा लघुवित्त, जानकी फाइनान्स, बैंक अफ काठमाण्डू , अरुण भ्याली हाइड्रोपावर, मेरो माइक्रोफाइनान्स र काबेली विकास बैंकका शेयरधनीले ३ प्रतिशत बढीले नाफा कमाएका छन् ।

आजैबाट कारोबार सुरु भएको कालिका पावर कम्पनीको  प्रतिकित्ता १२१ रुपैयाँमा कारोबार भएको छ । हाइड्रोपावर कम्पनीको एक हजार ३३० कित्ता शेयर एक लाख ६० हजार ५७० रुपैयाँमा खरिद बिक्री भएको छ ।  

यता पञ्चकन्या माईको शेयर मूल्य ५.५ प्रतिशतले घटेको छ । सोल्टी होटल र हिमालय डिष्टिलरीको शेयरमूल्य दुई प्रतिशतले बढीले गिरावट आएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।