सिद्धार्थ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गर्ने आज अन्तिम दिन

Oct 12, 2018 Merolagani

सिद्धार्थ इन्स्योरेन्स (SIL) ले लिलामी राखेको ३७ हजार २१६ कित्ता शेयरका लागि आवेदन दिने असोज २६ गते शुक्रबार अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको शेयर लिलाम बढाबढ मार्फत बिक्रीमा ल्याएकाे थियाे । 

कम्पनीले संस्थापक समुहतर्फ ७९९ कित्ता र सर्वासाधारणतर्फको ३६ हजार ४१६ कित्ता शेयर लिलामीमा राखेको छ ।

सिद्धार्थ इन्स्योरेन्सले गत असार १७ देखि साउन २० गतेसम्म चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउन २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गरेकोमा ३७ हजार २१६ कित्ता बिक्री हुन सकेको थिएन ।

लिलामीको शेयरकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

लिलामीको शेयरमा न्युनतम १०० कित्तादेखि अधिकतम माग गरिए बराबरकै लागि आवदेन दिन पाइनेछ । न्युनतम १०० रुपैयाँदेखि बोलकबोल गर्न पाइने बिक्री प्रबन्धकले जनाएको छ ।

बिहीबार दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ६६५ रुपैयाँमा कारोबार भएको छ ।

लिलामी मार्फत हकप्रद शेयर सकारेसँगै कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्देशन गरेको एक अर्ब रुपैयाँ पुरा गर्न अझै १३ करोड ४१ लाख रुपैयाँ जुटाउनु पर्नेछ । जसका लागि कम्पनीले गतबर्षको कमाईबाट बोनस वितरण गरेर पूँजी जुटाउन सक्नेछ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।