तीन गुणा बढी आवेदन परेपछि आँखुखोला हाइड्रोको आईपिओ आजबाटै बन्द हुने

Oct 12, 2018 Merolagani

आँखु खोला हाइड्रोपावर कम्पनी (AKHCL)ले असोज २३ गतेदेखि सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपिओ) मा तीन दिनमा करिब साढे तीन गुणा बढी शेयर माग भएको छ । मागभन्दा अधिक आवेदन परेपछि कम्पनीको आईपिओ असोज २६ गते शुक्रबारदेखि नै आईपिओ बन्द हुने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।

आँखु खोला हाइड्रोपावरको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार असोज २५ गते बिहीबारसम्म साढे ६१ हजार आवेदकबाट करिब ४४ करोड रुपैयाँ बराबरको साधारण शेयर माग भएको छ । यो कम्पनीले माग गरेको भन्दा करिब साढे तीन गुणा बढी हो ।

आँखु खोलाले कूल १३ लाख ७६ हजार २० कित्ता शेयरमध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरेको छ ।

सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । बिहीबारसम्ममा सर्वसाधारणबाट ४४ लाख कित्ताकाे माग भैसकेकाे छ ।

इच्छुक आवेदकले शुक्रबार कार्यालय समयभित्र धितोपत्र बोर्डबाट सि आश्वा अनुमति प्राप्त गरेको जुनसुकै बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत ७७ जिल्लाबाटै आर्इपिओमा आवेदन गर्न सक्नेछन् । मेराे शेयर प्रयाेगकर्ताले घरमै बसेर अावेदन गर्न सक्नेछन् ।

यस आर्इपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ । इक्रा नेपालले आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको आईपिओलाई आईपिओ ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १७ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । तर स्थानीयबाट ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो ।

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडद्धारा प्रवद्धित आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न भई २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु भइसकेको छ । कम्पनीबाट निर्माण सम्पन्न भई सञ्चालनमा रहेको जलविद्युत आयोजनाको क्षमता ८.४ मेगावाट रहेको रहेको छ ।

आयोजनाको कूल लागत २४२.७३ करोड रहेको छ । जसको प्रतिमेगावाट लागत २८.८९ करोड रहेको छ । आयोजनाले साधारण लगानी फिर्ता हुने समयवधि करिब ९ बर्ष राखेको छ ।

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालीकामा विद्युत उत्पादन केन्द्र रहेको यस कम्पनीको रजिष्ट्रार कार्यालय भने काठमाडौं नक्सालमा रहेको छ । कम्पनीमा एक हजार १४९ जना संस्थापक शेयरधनीको ७५ प्रतिशत लगानी रहेका छ ।

हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले भविष्यमा अन्य आयोजना बनाउने उदेश्य राखेको छ भने सिङ्गटी साना जलविद्युत आयोजनामा ६५ हजार कित्ता अर्थात ६५ लाख रुपैयाँ लगानी गरेको छ । आर्थिक सामाजिक तथा प्राविधिक दृष्टिकोणबाट यो आयोजना आकर्षक देखिएकोले आयोजनामा लगानी गरेको कम्पनीले जनाएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।