दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक मानबहादुर शाहीले बताए ।
नयाँ नोटका लागि लागि राष्ट्र बैंकसँग माग गरिएको भए पनि हालसम्म नपठाएकाले समस्या भएको बैंककै कर्मचारी भक्त बोहराको भनाइ छ ।
बैंकको सिमकोट शाखासँग रु २० का नोट केही मात्रामा भएको र नयाँ पैसा साट्न आउने ग्राहकलाई एकदेखि दुई हजार मात्र दिने गरेको बोहराले बताउनुभयो । रु ५, १०, ५० र १०० का नयाँ नोट नभएर ग्राहकलाई दिन नसकिएको उनले बताए ।
अहिले बैंकसँग भएका पैसा गत वर्षकै भएको र त्यो पैसा पनि सकिन लागेकाले अबको दिनमा नयाँ नोट साट्न आउने ग्राहकलाई दिन नसकिने बोहराले बताउनुभयो ।