सिक्टा सिँचाइ आयोजनाको अनुगमन

Oct 12, 2018 RSS

प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोलीले बाँकेस्थित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ ।

नहर परीक्षणका क्रममा पटक–पटक भत्किएपछि समितिका सभापति पूर्णाकुमारी सुवेदी नेतृत्वको टोलीले हिजो र आज गरी दुई दिन सिक्टा सिँचाइ आयोजनाको मूलबाँध तथा मूलनहरको स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

टोलीले स्थानीयसँगसमेत अन्तरक्रिया गरेको छ । सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षण सम्पन्न गरी टोलीले सुर्खेतमा निर्माणाधीन भेरी–बबई डाइभर्सनको निर्माण कार्यको बारेमा जानकारी लिन त्यसतर्पm जान लागेको सभापति सुवेदीले बताए।

टोलीमा सांसद सत्यनारायण शर्मा खनाल, राजबहादुर बुढा क्षेत्री, शान्तिमाया तामाङ पाख्रीन र शान्ता चौधरी सहभागि रहेका थिए ।

सिक्टा आयोजनाको अनुगमनमा टोलीसँगै बाँकेका सांसद महेश्वर गहतराज, पूर्वसांसद देवराज भार, प्रदेशसभा सदस्य आईपी खरेल र कृष्णा केसीलगायत समेत रहेका थिए।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।