मिथिला लघुवित्तले ३ लाख २९ हजार कित्ता हकप्रद जारी गर्ने

Oct 12, 2018 Merolagani

मिथिला लघुवित्त (MLBBL) ले चुक्ता पूँजी वृद्धि गर्न चुक्ता पूँजीको ५० प्रतिशत अर्थात ३ करोड २९ लाख ८८ हजार ९६९ रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

लघुवित्त कम्पनीले एक सय रुपैयाँ दरमा ३ लाख २९ हजार ८८९.६९ कित्ता हकप्रदनिष्काशनका लागि नियामक निकाय धितोपत्र बोर्डसँग असोज २३ गते अनुमति माग गरेको हो । 

हकप्रद जारी गर्न लघुवित्तले काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ । २०७४ पुस ३० गते सम्पन्न लघुवित्तकाे नवाैं वार्षिक साधारण सभाले साे हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

हाल ६ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको मिथिलाको हकप्रद पश्चात ९ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी पुग्नेछ ।

आर्थिक बर्ष २०७४।७५ मा लघुवित्तले ९५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५३ पैसा कायम गरेको छ । लघुवित्तको जगेडा कोषमा एक करोड ६६ लाख रुपैयाँ सञ्चित छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।