शुक्रबार सम्पन्न बैंकको साधारणसभाले चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसअनुसार २१ करोड ७ लाख ३ हजार ७९६ रुपैयाँ बराबर बोनस र १८ करोड ४३ लाख ६५ हजार ८२१ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
हाल बैंकको चुक्ता पूँजी दुई अर्ब ६३ करोड ३७ लाख रुपैयाँ छ । ८ प्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी २ अर्ब ८४ करोड ४५ लाख रुपैयाँ पुग्नेछ ।
साथै साधारण सभाले लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण लगायतका प्रस्ताव समेत पारित गरेको छ ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ७७ वटा शाखा तथा ३५ वटा एटीएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकको ग्राहक संख्या ४ लाख ९० हजार भन्दा बढी छ । बैंकले हालसम्म करिब २६ अर्ब ३२ करोड निक्षेप संकलन गरी २२ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ ।