बैंकहरुका बीचमा नै निक्षेप संकलनका लागि तिब्र प्रतिष्पर्धा चलिरहेका बेला बैंकर संघमा भएको सहमति अनुसार मुद्धती निक्षेपको व्याजदर १० प्रतिशत माथि नजाने गरी बैंकहरुले व्याजदर सार्वजनिक गरेका हुन् ।
स्टाण्डर्ड चार्टर्ड बैंकको मुद्धती निक्षेपको व्याजदर ७ देखि ९ प्रतिशत छ भने एभरेष्ट बैंकको ३ देखि १० प्रतिशतको बीचमा छ । बाँकी सबैजसो बैंकहरुको व्याजदर ९ देखि १० प्रतिशतको बीचमा छ ।
भन्नलाई ३,७ वा ९ देखि भने पनि सबै बैंकहरुले माथिल्लो दरमा मात्र निक्षेप संकलन गर्ने कुरामा दुईमत छैन ।
साधारण बचततर्फ सबै बैंकहरुले ५ देखि ७ प्रतिशत व्याज दिने यस अघिको योजनालाई नै निरन्तरता दिएको देखिन्छ ।
हेर्नुहोस्, कुन बैंकको व्याजदर कति छ ?