वित्तीय विवरण प्रकाशनमा पहिलो बन्दै आएको फर्स्ट माइक्रोको खस्कियो प्रगति

Oct 23, 2018 Merolagani

फर्स्ट माइक्रोफाइनान्स (FMDBL)  चालु आर्थिक बर्षको पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशन गर्ने पहिलो कम्पनी बनेको छ । चूक्ता पूँजी बढाएको कम्पनीले गत बर्षको तुलनामा एघार लाख बढीले नाफा घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

माइक्रोफाइनान्सले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ३० लाख खुद नाफा गरेको छ । जबकी गत बर्षको यसै अवधिमा माइक्रोफाइनान्सले २ करोड ४१ लाख खुद नाफा कमाएको थियो ।

ब्याज खर्चमा भएको बढोत्तरीले खुद ब्याज आम्दानी घट्नुका साथै कर्मचारी तथा प्रशासनिक खर्चमा वृद्धि हुँदा कम्पनीको नाफा ११ लाख बढीले खुम्चिएको हो । पूँजी बढाएको कम्पनीको नाफा खस्किँदा प्रतिशेयर आम्दानीमा समेत गिरावट आएको छ ।

थोक लघुवित्त कर्जा प्रवाह गर्ने यस कम्पनीले यसअवधिमा चार अर्ब ३३ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यसबाट कम्पनीले ३ करोड ७३ लाख खुद ब्याज आम्दानी गरेको छ । ब्याज आम्दानीको तुलनामा ब्याज खर्चको भार बढेपछि कम्पनीको खुद ब्याज आम्दानीमा गिरावट देखिएको छ । जसले कम्पनीको नाफा खस्किएको हो ।

गत आर्थिक वर्षको यसै अवधिमा माइक्रोफाइनान्सको चुक्ता पूँजी ४५ करोड ६२ लाख रुपैयाँ थियो । अहिले चुक्ता पूँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ छ । कम्पनीले जगेडा कोषमा १२ करोड बढी रकम राखेको छ ।

 

माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ४८ पैसामा झरेको छ । माइक्रोफाइनान्सको वित्तीय विवरण अनुसार प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ७१ पैसा र मूल्य आम्दानी अनुपात २९.२२ गुणा रहेको छ ।

निष्कृय कर्जा अनुपात शून्य प्रतिशतमा राख्न सफल यस लघुवित्तले १९ लाख कर्जा नोक्सानी व्यवस्था गरेको छ ।

कम्पनीले गत बर्षको मुनाफाबाट १२.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।