छ्याङ्दी हाइड्रोका शेयरधनीले लाभांश नपाउने, आयोजना बनाउन ८२ करोड ऋण लिन स्वीकृती दिँदै

Oct 23, 2018 Merolagani

छ्याङ्दी हाइड्रोपावर कम्पनी (CHL) का शेयरधनीले गत आर्थिक बर्षको नाफाबाट लाभांश नपाउने भएका छन् । हाइड्रोपावर कम्पनीले बिना लाभांश विगत दुई आर्थिक बर्षको साधारण सभा एकैदिन आह्वान गरेको हाे ।

हाइड्रोपावर कम्पनीको कात्तिक ५ गते बेलुका ५ बजे बसेको ५१ औं सञ्चालक समिति बैठकले कात्तिक २९ गते चौथो र पाँचौं बार्षिक साधारण सभा एकै पटक आह्वान गरेको छ ।

नक्साल बैंक्वेटमा बिहान ११ बजे आह्वान गरिएको सो सभामा कुनै लाभांशको प्रस्ताव गरिएको छैन ।

कम्पनीको जगेडा कोषमा लाभांश बाँड्न योग्य प्रयाप्त रकम नभएका कारण कम्पनीले बिना लाभांश साधारण सभा आह्वान गरेको हो । २७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ६९ लाख ८९ हजार मात्र सञ्चित रहेको छ ।

संयुक्त्त साधारण सभाले आयोजना र माथिल्लो छ्याङ्दी हाइड्रोपावर निमार्णका लागि बैंकमार्फत ८२ करोड कर्जा लिन स्वीकृती प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्दैछ ।

त्यस्तै चार जना संस्थापक सञ्चालक र दुई जना सर्वसाधारण र एक विशेषज्ञ सञ्चालक गरि ७ जना सञ्चालकहरुको निर्वाचन गर्ने र लेखापरिक्षक नियुक्ति तथा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणमाथि छलफल गरि पारित गर्ने कार्यक्रम रहेको छ ।

कम्पनीले गत आर्थिक बर्षमा ६६ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी २ रुपैयाँ ४७ पैसा कायम गरेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।