चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्म संस्थाले २ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ७० रुपैयाँ ३८ पैसा कायम गरेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले एक करोड ९७ लाख खुद नाफा गरेको थियो ।
कम्पनीको सञ्चालन मुनाफा, खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी तथा नियमित कारोबारको कमाईमा आएको सुधारले नाफा बढेको हो ।
१२ करोड रुपैयाँबाट १५ करोड बढी चुक्ता पूँजी पुर्याएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको कम्पनीले प्रस्तावित लाभांशलाई पूँजीकृत गरेर चुक्ता पूँजीमा देखाएको छ ।
कम्पनीले पूँजी बढेको अनुपातमा कमाई गर्दा प्रतिशेयर आम्दानी समेत सन्तुलनमा राखेको छ । साथै कम्पनीले जगेडा कोषलाई झन् झन् मजबुत बनाउँदै लगेको छ । उसको जगेडा कोषमा करिब १५ करोड रुपैयाँ छ ।
तर कम्पनीको खराब कर्जाको आकार भने केहि बढेको छ । उसको खराब कर्जा १.२६ प्रतिशत छ । जबकि गत बर्षको यसैअवधिमा ०.८० प्रतिशत थियो ।
८४ करोड २१ लाख रुपैयाँ निक्षेप संकलन र एक अर्ब ८६ करोड कर्जा सापट लिएको माइक्रोफाइनान्सले दुई अर्ब ६३ करोड कर्जा परिचालन गरेको छ ।