सनराइज बैंक कनेक्ट आईपिएसमा आबद्ध, प्रतिकारोबार एक लाखसम्म अनलाईन भुक्तानी गर्न सकिने

Oct 25, 2018 Merolagani

सनराइज बैंक (SRBL) का ग्राहकहरुले आफ्नो बैंक खाताबाट प्रतिकारोबार एक लाख रुपैयाँसम्मको भुक्तानी अनलाईन मार्फत गर्नसक्ने भएका छन्। नेपाल क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट (ConnectIPS e-Payment) प्रणालीमा सनराइज बैंक आवद्ध भएसँगै ग्राहकहरुले यो सुविधा पाएका हुन् ।

सनराइज बैंकलाई क्लियरिङ्ग हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस इ पेमेन्ट प्रणालीमा कार्तिक ७ गतेबाट आबद्ध गराएको हो ।

यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार रु. १ लाख सम्मको अनलाईन भुक्तानीहरु गर्न सकिन्छ ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेकाे छ ।

 

यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हुन्छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेका छन् ।

यसअनुसार सनराइज बैंकका ग्राहकहरुले https://rajaswa.fcgo.gov.np/#/auth/login, www.ird.gov.np  मा गई नेपाल सरकारको राजस्व भुक्तानी गर्न सक्छन् ।

नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवर्द्धित नेपाल क्लियरिङ्ग हाउसले हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरेकोमा ३२ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।

यसका साथै उक्त मार्फत छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको क्लियरिङ्ग हाउसले जानकारी गराएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।