युनिलिभरले किन छान्न सकेन साधारण समूहको सञ्चालक ?

Oct 25, 2018 Merolagani

युनिलिभर नेपाल (UNL) ले  साधारण तर्फको सञ्चालक नियुक्त नगरी साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले साधारण सभामा सर्वसाधारण तर्फको प्रतिनिधित्व हुने गरी संचालक सदस्य चयन गर्ने प्रस्ताव गरेको थियो । तर साधारण सभाले उम्मेदवारहरु मध्येबाट कसैलाई पनि सञ्चालक नियुक्त नगरेको हो ।

कार्तिक ६ गते सम्पन्न २५ औं बार्षिक साधारण सभाले संचालक सदस्यको निर्वाचन गर्न नसकेको हो ।

सर्वसाधारण तर्फको संचालक सदस्यका लागि उम्मेदवारी दिएकाहरुको योग्यता नपुगेको भन्दै कम्पनीले संचालक सदस्य चयन नगरेको हो । कम्पनी संचालक समितिको आगामी बैठकले सर्वसाधारण तर्फको संचालक सदस्य चयन गर्ने युनिलिभरले जनाएको छ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको ९ करोड २१ लाख रुपैयाँ चुक्ता पूँजीको ७०० प्रतिशत अर्थात ६४ करोड ४७ लाख रुपैयाँ नगद लाभांश पारित गरेको छ ।

असोज २२ गते बुक क्लोज गरेको कम्पनीको लाभांस असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र पाउनेछन् ।

प्रतिशतका आधारले ७०० प्रतिशत धेरै लाभांश देखिएपनि शेयरमूल्य उच्च रहेकाले दोस्रो बजारबाट शेयर खरिद गर्ने लगानीकर्तालाई भने न्यून मात्रामा मात्र लाभांश प्राप्त हुने छ । एक कित्ता सेयर बराबर ७ सय रुपैंया लाभांस पाउन लगानीकर्ताले झण्डै ३० हजार रुपैंया लगानी गरेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।