हकप्रद निष्काशनको माग गर्दै दुई कम्पनी पुगे धितोपत्र बोर्ड

Oct 25, 2018 Merolagani

पूँजी वृद्धिका लागि हकप्रद निष्काशनको अनुमति माग गर्दै दुई कम्पनीले धितोपत्र निवेदन दर्ता गराएका छन् । नाडेप लघुवित्त र सिर्जना फाइनान्सले हकप्रद जारी गर्न निवेदन दर्ता गरेको बोर्डले जनाएको छ ।

नाडेप लघुवित्त (NADEP) ले एक बराबर एक अनुपातमा एक सय रुपैयाँ अंकित दरका १६ लाख कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको छ । 

हकप्रद बिक्रीका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकको जिम्मेवारी दिएको छ । लघुवित्तको गत भदौ १ गते सम्पन्न तेश्रो बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

११ करोड २० लाख पूँजी रहेको लघुवित्तले असार १० गतेदेखि ४ करोड ८० लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेर १६ करोड रुपैयाँ चुक्ता पूँजी कायम गरेको थियो । शतप्रतिशत हकप्रद निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

यसैगरि सिर्जना फाइनान्स (SFFIL) ले १० बराबर ६ अनुपातमा हकप्रद निष्काशनको अनुमति माग गरेको छ । फाइनान्सले चुक्ता पूँजीको ६० प्रतिशत अर्थात एक सय रुपैयाँ अंकित दरमा २४ लाख ४ हजार ८० कित्ता हकप्रद निष्काशनको अनुमति माग गरेको छ । फाइनान्सको हकप्रद शेयरको बिक्री सनराइज क्यापिटल रहेको छ ।

हाल फाइनान्सको चुक्ता पूँजी ४० करोड ६ लाख ८० हजार रुपैयाँ रहेको छ । फाइनान्सले ६० प्रतिशत हकप्रद बिक्री पश्चात ६४ करोड १० लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

फाइनान्सको गत जेठ १२ गते सम्पन्न संस्थाको विशेष साधारण सभाले ६० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।