लक्ष्मी लघुवित्तको नाफामा सामान्य सुधार, प्रतिशेयर आम्दानी कति ?

Oct 26, 2018 Merolagani

लक्ष्मी लघुवित्त (LLBS) ले गत आर्थिक बर्षको तुलनामा चालु आर्थिक बर्षको पहिलो त्रैमासमा केहि प्रगति सहितको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद नाफामा ४.६६ प्रतिशतले बढाएको विवरण निकालेको छ ।

चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात असोज मसान्तसम्म लक्ष्मी लद्युवित्तले २ करोड ३१ लाख रुपैयाँ खुद नाफा गरेको छ।

अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा कम्पनीको नाफा ४.६६ प्रतिशतले बढी हो । गत वर्ष लघुवित्तले २ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाले यो अवधिमा खुद व्याज आम्दानी ६ करोड ५९ लाख रुपैयाँ गरेको छ । १३ करोड २ लाख ब्याज आम्दानी गरेको लघुवित्तको ६ करोड ४२ लाख ब्याज खर्च छ ।

असोज मसान्तसम्म एक अर्ब ६८ करोड रुपैयाँ सापट लिएको संस्थाले सर्वसाधारणलाई दुई अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै एक अर्ब बढी निक्षेप संकलन गरेको छ ।

चुक्ता पूँजी २४ करोड २० लाख रुपैयाँ रहेको संस्थाको प्रतिशेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा रहेको छ भने जगेडा कोषमा २२ करोड ४८ लाख राखेको छ । गतबर्षको तुलनामा जगेडाकोषमा झण्डै दश करोड रुपैयाँ थपिएको छ ।

लघुवित्तको निष्कृय कर्जा ०.९९ प्रतिशत, प्रतिसेयर आम्दानी ३८ रुपैयाँ २३ पैसा, मुल्य आम्दानी अनुपात २३.१५ गुणा तथा प्रति शेयर नेटवर्थ १९२ रुपैयाँ ९० पैसा छ ।

 लक्ष्मी लघुवित्तले गत आर्थिक बर्षको नाफाबाट २६.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जस अनुसार उसले ६ करोड ३५ लाख ९४ हजार ४०० रुपैयाँ (नगद लाभांशको कर सहित) वितरण गर्नेछ । 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।