बोनस सेयर पारित भएको १० महिनापछि सूचीकरण गराउने कम्पनी चिन्नुहोस्

Oct 26, 2018 Merolagani

सामान्यतया साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको केही दिनमा नै बोनस सेयर सूचीकरण हुने गरेको छ । नगद लाभांश पनि छोटो समयमा लगानीकर्ताले बैंक खातामा पाउन थालिसकेका छन् । तर नेप्सेमा सूचीकृत एउटा कम्पनीले १० महिनापछि मात्र बोनस सेयर सूचीकरण गराएको छ ।

झापाको बिर्तामोडमा मूख्य कार्यालय रहेको समीट माइक्रोफाइनान्सले साधारण सभा सम्पन्न भएको १० महिनापछि बोनस सेयर नेप्सेमा सूचीकरण गराएको हो ।

लघुवित्तले गत आर्थिक वर्षमा शतप्रतिशत हकप्रद निष्काशन गरेर सबै सेयर सूचीकरण गराईसकेको छ । हकप्रद निष्काशन हुँदै गर्दा साधारण सभाले पारित गरेको बोनस १० महिना बित्दासम्म नेप्सेमा सूचीकरण हुन सकेको थिएन । जसका कारण लगानीकर्ताले लामो समयसम्म समीट माइक्रोको बोनस आफ्नो डिम्याट खातामा देख्न सकेका छैनन् ।

माइक्रोफाइनान्सले अघिल्लो आर्थिक वर्षको कमाईबाट तत्कालीन अवस्थाको ७ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजीको ३४.४८२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेको थियो ।

गत पुस २८ गते सम्पन्न माइक्रोफाइनान्सको साधारण सभाले उक्त बोनस पारित गरे पनि कात्तिकको पहिलो सातामा आएर मात्र भएको हो । माइक्रोफाइनान्सले शुक्रबार २ लाख ५० हजार कित्ता सेयर सूचीकरण गराएको हो ।

समीट माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र बस्नेतले प्रबन्धपत्र तथा नियमावली संसोधनमा धेरै विषय परिमार्जन गर्दा सेयर सूचीकरणमा ढिलाई भएको बताए ।

१ नम्बर प्रदेशका १० जिल्लालाई कार्यक्षेत्र बनाउँदै आएको माइक्रोफाइनान्सले १५ जिल्लामा कार्यक्षेत्र विस्तार गर्ने विषय लम्बिएको उनको भनाई थियो ।

माइक्रोफाइनान्सले गत आर्थिक वर्षको कमाईबाट हाल कायम चुक्ता पूँजी १७ करोडको २३.५३ प्रतिशत बोनस तथा १.२४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिसकेको छ। उल्लेखित बोनस समेत वितरण भए पश्चात माइक्रोफाइनान्सको चुक्ता पूँजी २१ करोड रुपैयाँ पुग्नेछ ।

उता गण्डकी विकास बैंकले पनि अघिल्लो आर्थिक वर्षको बोनस सेयर शुक्रबार नेप्सेमा सूचीकरण गराएको छ । गत जेठ २५ गतेको साधारण सभाबाट पारित भएको बैंकको १९.३१ प्रतिशत बोनस सेयर साढे ४ महिना पछि सूचीकृत भएको हो ।

नेप्सेका अनुसार गण्डकी विकास बैंकले अघिल्लो आर्थिक वर्षको कमाईबाट वितरण गरेको ४४ लाख ५० हजार ९ सय २२.५० कित्ता सेयर दास्रो बजारमा कारोबारका लागि सूचीकरण गराएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम थापाले कर, तथा केही विषयमा भएका सामान्य संसोधनका कारण सेयर सूचीकरणमा केहि दिन ढिलाई भएको बताए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।