सञ्चालन नोक्सानीमा पुगेको प्रोगेशिभले खराब कर्जा असुलीबाटै जोगायो साख

Oct 28, 2018 Merolagani

चालू आर्थिक बर्षको प्रथम त्रैमासिक अवधिमा सञ्चालन नोक्सानी व्यहोरेको प्रोगेशिभ फाइनान्स (PROFL) ले खराब कर्जा असुलीबाटै आफ्नो साख बचाएको छ। फाइनान्सले आइतबार प्रकाशित वित्तीय विवरण अनुसार साढे ६५ लाख रुपैयाँ सञ्चालन नोक्सानीमा गएको उल्लेख छ। 

तीन महिना अवधिमा फाइनान्स कम्पनीले दुई करोड ६७ लाख रुपैयाँ खराब कर्जा असुली गरेपश्चात फाइनान्स एक करोड ७८ लाख रुपैयाँ खुद नाफामा पुगेकाे हो । 

गत बर्ष यसै अवधिमा फाइनान्स एक करोड ९ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । समिक्षा अवधिमा गत वर्ष रहेको २.४४ प्रतिशतको खराब कर्जा अनुपातलाई १.९१ प्रतिशतमा झारेको छ । 

२१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सले राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न भदौ ५ देखि असोज २३ गतेसम्म २८१ प्रतिशत हकप्रद जारी गरेको भएपनि सो पूँजी क्यापिटलमा उल्लेख गरेको छैन । संस्थापकबाट हकप्रद वापत प्राप्त भएको ८ करोड ५५ लाख भने कल इन एडभान्स्डमा उल्लेख गरेको छ ।

यस अवधिमा फाइनान्सले ७० करोड ७५ लाख निक्षेप संकलन गरि ६१ करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । ज्यादै सुस्त व्यवसाय विस्तार गरेको फाइनान्सको कर्जा निक्षेप अनुपात ५८.६५ प्रतिशत रहेको छ ।

फाइनान्सकाे हकप्रदअघि प्रतिशेयर अाम्दानी ८ रूपैयाँ ४९ पैसा रहेकाे छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ११४ रूपैयाँ ७७ पैसा,र मूल्य अाम्दानी अनुपात १२ गुणा बढी रहेकाे छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।