समता माइक्रोफाइनान्सको खुद नाफामा करिब ४५% को बढोत्तरी, पूँजी काेष कमजाेर

Oct 30, 2018 Merolagani

समता माइक्रोफाइनान्स (SMATA) को चालू आर्थिक बर्षको प्रथम त्रैमासमा खुद नाफामा ४४.७१ प्रतिशतको बढोत्तरी भएको छ। गत आवको यसै अवधिमा १४ लाख ४० हजार नाफा कमाएको कम्पनीले २० लाख ८३ हजार पुर्याएको हो ।

तीन करोड ७९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ९८ पैसा पुगेको छ । गत बर्ष यस्तो आम्दानी १८ रुपैयाँ २३ पैसा रहेको थियो । 

समिक्षा अवधिमा कम्पनीले ३० करोड ७२ लाख निक्षेप संकलन र ४७ करोड ६० लाख सापटीबाट ८२ करोड ७४ लाख कर्जा लगानी विस्तार गरेको छ । कम्पनीले निक्षेप ९३.६० र कर्जा ९३..९९ प्रतिशतले बढाएको हो ।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी ८३ लाख ८० हजारबाट एक करोड १७ लाख पुगेको छ । यसबाट कम्पनीले २८ लाख ७४ हजार सञ्चालन नाफा गरेको छ । गत बर्ष कम्पनीको सञ्चालन नाफा २० लाख ४० हजार थियो । यद्यपि कम्पनीले दुई गुणा बढेको कर्मचारी खर्चमा नियन्त्रण गर्न आवश्यक देखिन्छ ।
माइक्रोफाइनान्सको पूँजी कोष अनुपात १४.८० बाट १०.०२ प्रतिशतमा झरेकोले लगानी खुम्चने भएकाले व्यवस्थापन पक्षले यसतर्फ भने आवश्यक पहलकदमी लिनुपर्ने देखिन्छ ।

जगेडा कोष २५ प्रतिशतले संकुचन आएको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ एक पैसामा झरेको छ । लघुवित्तमा खराब कर्जा अनुपात ०.७० बाट ०.४१ प्रतिशतमा झरेको छ । यस कम्पनीको शेयरमूल्य आम्दानीको अनुपातमा ६७.६९ गुणा अधिक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।