ग्लोबलआइएमई लघुवित्तको वित्तीय विवरणमा यस्तो देखियो आशा बढाउने परिवर्तन

Oct 30, 2018 Merolagani

ग्लोबलआइएमई लघुवित्त (GILB) को चालू आर्थिक बर्षको प्रथम त्रैमासमा वित्तीय विवरणको अधिकांश सूचक सकारात्मक देखिएको छ। चुक्ता पूँजी स्थिर रहेको लघुवित्तले खराब कर्जा घटाएर प्रतिशेयर आम्दानीमा उल्लेख्य सुधार गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

ग्लोबलआइएमई लघुवित्तले झण्डै तीन गुणाले खुद नाफामा सुधार गरेको छ । गत आवको यसै अवधिमा २७ लाख ३५ हजार नाफा कमाएको कम्पनीले ७६ लाख १९ हजार खुद नाफा गरेको हो ।

नौ करोड ६० लाख ५० हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ७३ पैसा पुगेको छ । गत बर्ष यस्तो आम्दानी ११ रुपैयाँ ३९ पैसा रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४५ करोड निक्षेप संकलन र एक अर्ब ३० करोड ३४ लाख बैंकबाट सापटी लिएर एक अर्ब ६३ करोड ५८ लाख कर्जा लगानी विस्तार गरेको छ । कम्पनीले निक्षेप २५ करोड र कर्जा एक अर्ब ६ करोडले बढाएको हो ।

कम्पनीको खुद ब्याज आम्दानी एक करोड १२ लाखबाट दुई करोड १९ लाख पुगेको छ । यसबाट कम्पनीले एक करोड १३ लाख सञ्चालन नाफा गरेको छ । गत बर्ष कम्पनीको सञ्चालन नाफा ३६ लाख ८३ हजार थियो । यद्यपि कम्पनीले दुई गुणा बढेको कर्मचारी खर्चमा नियन्त्रण गर्न आवश्यक देखिन्छ ।

यस लघुवित्तको पनि पूँजी कोष अनुपात १५.७३ बाट ९.२२ प्रतिशतमा झरेकोले लगानी खुम्चने भएकाले व्यवस्थापन पक्षले यसतर्फ भने आवश्यक पहलकदमी लिनुपर्ने देखिन्छ ।

जगेडा कोष तीन गुणाको आकर्षक बढोत्तर्री गरेको माइक्रोफाइनान्सको प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ३५ पैसाबाट १५६ रुपैयाँ २३ पैसामा बढेको छ । लघुवित्तमा खराब कर्जा अनुपात १.६३ बाट ०.५१ प्रतिशतमा झरेको छ । यस कम्पनीको शेयरमूल्य आम्दानीको अनुपातमा ३४.३९ गुणा अधिक रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।