हाथवे फाइनान्स प्रथम त्रैमासमा कुन सूचकहरुमा अब्बल कहाँ कमजोर ?

Oct 31, 2018 Merolagani

- खराब कर्जामा उलेख्य सुधार
समस्याग्रस्त (अरुण फाइनान्स) संस्थाबाट मुक्त भएको हाथवे फाइनान्स कम्पनी (HATH) खुद नाफामा गत आर्थिक बर्षभन्दा पछाडि परेको छ। अघिल्लो बर्षको प्रथम त्रैमासिक अवधिमा ५० लाख ९४ हजार खुद नाफा कमाएको फाइनान्सको खुद नाफा २५.८७ प्रतिशतले घटेर ३७ लाख ७६ हजारमा खुम्चिएको छ ।

कोषको लागतमा भएको वृद्धि र बढ्दो ब्याज खर्चका कारण फाइनान्सको खुद ब्याज आम्दानी ६८ प्रतिशतले घटेको छ ।

गत बर्ष दुई करोड २९ लाख खुद ब्याज आम्दानी गरेको फाइनान्सले यस बर्षको तीन महिना अवधिमा ७२ लाख ७० हजार मात्र खुद ब्याज आम्दानी कमाएको छ ।

निक्षेप संकलन र कर्जा प्रवाहमा फाइनान्सले क्रमश ३०२ र ६४७ प्रतिशतले बढोत्तरी गरेको छ । अघिल्लो बर्ष ७ करोड ६० लाख निक्षेप संकलन गरेर ४ करोड ४८ लाख कर्जा प्रवाह गरेको फाइनान्सले ३० करोड ५८ लाख निक्षेप संकलन गरेर ३३ करोड ५० लाख कर्जा विस्तार गरको छ ।

खराब कर्जा अनुपातमा ३१.८९ प्रतिशतबाट २.५७ प्रतिशतमा झार्न सफल फाइनान्सले यस अवधिमा कुनै खराब कर्जा असुली गरेको उल्लेख गरेको छैन । गत बर्ष प्रथम त्रैमासमा फाइनान्सले तीन करोड ३ लाख रुपैयाँ खराब कर्जा उठाएर सञ्चालन घाटामा गएको कम्पनी खुद नाफामा पुगेको थियो ।

फाइनान्स कम्पनीले १३ करोड ऋणात्मक जगेडा कोषलाई ७ करोडमा झारेको छ । ३० करोड रुपैयाँ चुक्ता पूँजी रहेको फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ३ पैसामा संकुचन आएको छ ।

फाईनान्सको प्रतिशेयर नेटवर्थ ६९ रुपैयाँ २५ पेसा र मूल्य आम्दानी अनुपात २३.८३ गुणा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।