अजोड इन्स्योरेन्सको तीन महिनाको खुद बीमा शुल्क आर्जन ८८ लाख

Nov 01, 2018 Merolagani

गत असार देखि कारोबार सुरु गरेको अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८८ लाख ८७ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। इन्स्योरेन्सले जारी गरेको ३ हजार ७३५ बीमालेखबाट ४ करोड २९ लाख रुपैयाँ कूल बीमा शूल्क आर्जन गरेको हो ।

यस अवधि सम्ममा कम्पनीले ५८ लाख ७२ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

इस्योरेन्सले पुर्नबीमा कमिशन वापत ७१ लाख रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ लाख ६९ हजार रुपैयाँ आम्दानी गरेको छ ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सले जगेडा कोषमा २ करोड २२ लाख रुपैयाँ, बीमा कोषमा २९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ लाख रुपैयाँ संचित छ ।

यस अवधिमा कुल ३ दाबी मध्ये २ को लागि २ लाख रुपैयाँ भुक्तानी गरेको छ भने एकको लागि ४७ हजार रुपैयाँ दाबी रकम भुक्तानी हुन बाँकी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।