बिहीबार वित्तीय विवरण निकालेका आठ विकास बैंकको यस्ताे छ प्रगति

Nov 01, 2018 Merolagani

बिहीबार ८ विकास बैंकहरुले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका हाम्रो विकास बैंक र कन्काई विकास बैंकको नाफा घटेको छ। लुम्बिनी, ज्योति, भार्गव, सहयोगी, काबेली र देव विकास बैंकले खुद नाफा बढाएका छन् ।

 लुम्बिनी विकास बैंकको खुद नाफा ६ करोड नाफा

लुम्बिनी विकास बैंकले गत आर्थिक बर्षको प्रथम त्रैमासको तुलनामा यस बर्ष खुद नाफा बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले गत आर्थिक वर्षको तुलनामा ६ करोड ४९ लाख रुपैयाँले खुद नाफा बढाएको छ ।

गत वर्षको पहिलो त्रैमासमा एक करोड ६१ लाख रुपैयाँ मात्रै नाफा गरेको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ८ करोड ११ लाख रुपैयाँ नाफा गरेको हो ।

बैंकको चुक्ता पुँजी २ अर्ब १७ करोड रहेको छ भने बैंकको जगेडा कोषमा एक अर्ब २२ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले २१ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ८ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा अनुपात २.८६ प्रतिशत, प्रतिशेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा र प्रति शेयर नेटवर्थ १५६ रुपैयाँ ४६ रुपैयाँ रहेको छ ।

ज्योति विकास बैंकको नाफामा एक करोड ८१ लाखको सुधार

ज्योति विकास बैंकको खुद नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड ८१ लाख रुपैयाँले बढेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड ५२ लाख खुद नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ६ करोड ३३ लाख रुपैयाँ खुद नाफा गरेको हो ।

चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ३५ करोड ४ लाख रुपैयाँ सञ्चित छ ।
बैंकले यस अवधिमा २१ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ७७ करोड रुपैयाँको कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.३९ प्रतिशत, प्रतिशेयर आम्दानी ९ रुपैयाँ ८७ पैसा र प्रति शेयर नेटवर्थ ११३ रुपैयाँ ५१ पैसा रहेको छ ।

ज्योतिसँग विलय हुने भएपछि हाम्रो विकास बैंक सुस्तायो

ज्योति विकास बैंकसँग विलय हुन लागेको हाम्रो विकास बैंकको भने खुद नाफा घटेको छ । चालू आर्थिक बर्षको पहिलो त्रैमासमा १४ लाख ८५ हजार रुपैयाँले खुद नाफा घटेको विवरण बैंकले सार्वजनिक गरेको छ ।

बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८५ लाख ७९ हजार रुपैयाँ मात्रै खुद नाफा गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष यसै अवधिमा १ करोड ६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

४९ करोड २२ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १० करोड १५ लाख रुपैयाँ सञ्चित गरेको छ । बैंकले यस अवधिमा एक अर्ब ७२ करोड ७१ लाख निक्षेप संकलन गरी एक अर्ब ७६ करोड ४७ लाख कर्जा विस्तार गरेको छ ।

यस अवधिमा बैंकको खराब कर्जा घटेको छ । समीक्षा अवधिमा खराब कर्जा ०.४४ प्रतिशतबाट ०.३२ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर ६ रुपैयाँ ९७ पैसा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

देवः विकास बैंकको खुद नाफामा ६ लाख रुपैयाँले सुधार

देवः विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो ६ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यस अवधिमा बैंकले ३ करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

चुक्ता पूँजी २ अर्ब ५३ करोड रहेको यस बैंकको जगेडा कोषमा ५१ करोड ३८ लाख रुपैयाँ सञ्चित छ ।
यस अवधि सम्ममा १५ अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन र ३२ करोड रुपैयाँ कर्जा सपटी लिएको बैंकले १४ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा अनुपात २.०९ प्रतिशत, प्रतिशेयर आम्दानी ५ रुपैयाँ २१ पैसा र प्रति शेयर नेटवर्थ १२० रुपैयाँ २८ पैसा छ ।

भार्गव विकास बैंकको नाफा झण्डै डेढ करोड

भार्गव विकास बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड १६ लाख रुपैयाँले खुद नाफा बढाएको छ ।
अघिल्लो आर्थिक वर्षको यहि अवधिमा २९ लाख ८९ हजार रुपैयाँ मात्रै नाफा कमाएको बैंकले एक करोड ४५ लाख रुपैयाँ नाफा गरेको हो ।

५० करोड १६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० करोड ६६ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकले २ अर्ब ९१ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६५ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.१७ प्रतिशत, प्रतिशेयर आम्दानी ११ रुपैयाँ ५८ पैसा र प्रति शेयर नेटवर्थ १२१ रुपैयाँ २६ पैसा रहेको छ ।

काबेली विकास बैंकको खुद नाफा ४७ लाख

काबेली विकास बैंकले पनि चालू आर्थिक बर्षको प्रथम त्रैमासमा आफ्नो खुद नाफामा सुधार गरेको छ । गत बर्षको यसै अववधिको तुलनामा ४४ लाख ४३ हजार रुपैयाँले खुद नाफा बढेको वित्तीय विवरण बैंकले सार्वजनिक गरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४७ लाख ७३ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्ष ३ लाख ३९ हजार रुपैयाँ मात्रै नाफा गरेको थियो ।

२१ करोड ५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकले १२ करोड १९ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ । यस अवधिमा बैंकले ८८ करोड २३ लाख निक्षेप संकलन गरी ७५ करोड ७९ लाख रुपैयाँ कर्जा प्रवहा गरेको छ ।

बैंकको खराब कर्जा अनुपातमा ४.७५ प्रतिशत, प्रतिशेयर आम्दानी ९ रुपैयाँ ०७ पैसा र प्रति शेयर नेटवर्थ १५७ रुपैयाँ ९० पैसा छ ।

सहयोगी विकास बैंक नोक्सानीबाट नाफामा

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सहयोगी विकास बैंकले खुद नाफामा सुधार गरेको छ ।
गत वर्षको पहिलो त्रैमासमा एक करोड एक लाख रुपैयाँ नोक्सानीमा रहेको बैंकले यस अवधिमा एक करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २३ करोड ६६ लाख रुपैयाँ सञ्चित छ । बैंकले यस अवधि सम्ममा ४ अर्ब ३० करोड निक्षेप संकलन गरी ३ अर्ब ३४ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

बैंकको खराब कर्जा अनुपात १.२३ प्रतिशत, प्रतिशेयर आम्दानी १० रुपैयाँ १२ पैसा र प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ ४३ पैसा छ ।

कन्काई विकास बैंकको नाफा ५२ हजारले घट्यो

कन्काई विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको छ । गत आर्थिक वर्षको यहि अवधिको तुलनामा यो रकम ५२ हजार रुपैयाँले कम हो । गत आर्थिक वर्ष ३४ लाख ६६ हजार खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ९ करोड २० लाख रुपैयाँ सञ्चित छ । बैंकले यस अवधि सम्ममा एक अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको खराब कर्जा अनुपात बढेको छ । गत आर्थिक वर्ष १.२८ रहेको खराब कर्जा १.९० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ७३ पैसा र प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ४२ पैसा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।