अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सि जिङपिङ बीच लामो समयपछि सकारात्मक कुराकानी भएको समाचारमा जनाइएको छ ।
“राष्ट्रपति सि जिङपिङसँग लामो समयपछि धेरै राम्रो कुराकानी भयो । हामीले धेरै विषयमा कुराकानी ग¥यौँ, तर विषेश जोड भने व्यापारका विषयमा नौ भयो,” ट्रम्पले ट्विट गरेका छन् ।
उनले व्यापारसम्बन्धी वार्ता सकारात्मक दिशातर्फ अगाडी बढेको जानकारी दिँदै जि ट्वान्टी शिखर सम्मेलनका बेलामा भेटेरै दुई जनाले कुराकानी गर्ने बताए ।
जि ट्वान्टी शिखर सम्मेलन यही महिनाको अत्यमा अर्जेन्टीनाको राजधानी ब्युनस आयर्समा हुने तय भएको छ ।