सिभिल लघुवित्तको खुद नाफा ३७.३० प्रतिशतले बढ्यो

Nov 02, 2018 Merolagani

सिभिल लघुवित्त (CLBSL) को चालु आर्थिक बर्षको पहिलो त्रैमासमा खुद नाफा २४ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको तुलनामा यस बर्ष खुद नाफा ३७.३० प्रतिशतले बढाएको हो ।

माइक्रोफाइनान्सको खुद ब्याज आम्दानीमा बढोत्तरी हुँदा खुद नाफा वृद्धि भएको हो । गत वर्षको असोज मसान्तमा माइक्रोफाइनान्सको खुद नाफा १८ लाख चार हजार रुपैयाँ थियो । 

माइक्रोफाइनान्सको चुक्ता पूँजी १० करोड ९७ लाख रुपैयाँ छ । उसको जगेडा कोषमा दुई करोड ९ लाख रुपैयाँ सञ्चित छ ।

चालु आवको असोज मसान्तसम्म माइक्रोफाइनान्सले १८ करोड २५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । माइक्रोफाइनान्सले ३२ करोड ५५ लाख रुपैयाँ गरेर ६४ करोड ३२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

समीक्षा अवधिमा दुई करोड ७० लाख रुपैयाँ ब्याज आम्दानी माइक्रोफाइनान्सले व्याज खर्च एक करोड २५ लाख रुपैयाँ ब्याज खर्च गर्दा एक करोड ४४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

त्यसैगरी गत वर्ष यसै समयमा माइक्रोफाइनान्समा रहेको निष्कृय कर्जा अनुपात ०.५८ बाट १.२२ प्रतिशतमा बढेको छ । वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ०९ पैसा छ भने मूल्य आम्दानी अनुपात ७६.५२ गुणा बढी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।