गत वर्षको यही अवधिमा बैंकले ८८ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी ५० करोड ४० लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५ करोड १७ लाख रुपैयाँ सञ्चित छ । यस अवधि सम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ६८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।
बैंकले ८ करोड ५३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ भने ५ करोड ८३ लाख रुपैयाँ ब्याज वापत खर्च गरेको छ ।
बैंकको खराब कर्जा ०.९३ प्रतिशत रहेको छ । यस्तै प्रतिशेयर आम्दानी एक रुपैयाँ १९ पैसा र प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ ४६ पैसा रहेको छ ।