कैलाश विकास बैंकको खुद नाफा एक कराेड ८५ लाख बढ्यो

Nov 04, 2018 Merolagani

कैलाश विकास बैंक (KBBL)ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा एक कराेड ८५ लाख ५४ हजार रूपैयाँले खुद नाफा बढाएर ११ करोड ५७ लाख रुपैयाँ कमाएकाे छ। गत वर्ष ९ करोड ७२ लाख रुपैयाँ आर्जन गरेको बैंकले गत वर्षको तुलनामा १९.०८ प्रतिशतले खुद नाफा बढाएको हो ।

चुक्ता पूँजी दुई अर्ब ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा एक अर्ब २० करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ ।

असोज मसान्तसम्म २४ अर्ब २५ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २० अर्ब ९२ करोड ८८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

समीक्षा अवधिमा बैंकले १० प्रतिशतले पूँजी, ३०.२२ प्रतिशतले निक्षेप, ३०.८९ प्रतितशले कर्जा, ७२.८१ प्रतिशतले खुद ब्याज आम्दानी र ९८.१९ प्रतिशतले सञ्चालन नाफा बढाएको छ ।

बैंकको खुद ब्याज आम्दानी २६ करोड ७० लाख रुपैयाँ छ । गत वर्ष यसै अवधिको तुलनामा बैंकले ११ करोड २५ लाख रुपैयाँले खुद नाफा बढाएको हो । गत वर्ष बैंकले १५ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको सञ्चालन नाफा १७ करोड १३ लाख रहेको छ ।

बैंकमा निष्कृय कर्जा अनुपात ०.३० प्रतिशतको अनुपातमा मात्र रहेको छ । बैंकको प्रतिशेयर आम्दानीमा एक रुपैयाँ ४१ पेसाले सुधार भएर १८ रुपैयाँ ०३ पैसा पगेको छ भने प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ८७ पैसा कायम छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।