भ्रष्टाचार गर्नेसँग कुनै किसिमको सम्झौता हुँदैनः प्रमुख आयुक्त घिमिरे

Nov 04, 2018 Merolagani

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले भ्रष्टाचार गर्नेसँग कुनै किसिमको सम्झौता नहुने बताएका छन् ।

नेपालगञ्जमा आयोगको नवनिर्मित भवन उद्घाटन गर्दै घिमिरेले भ्रष्टाचार न्यूनीकरण गर्न नागरिक समाज, सञ्चार क्षेत्र र सरोकारवाला सबै निकायसँग सहयोगको आग्रह समेत गरे । 

विकास निर्माणका आयोजना तथा सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितता कुनै पनि हालतमा सहन नहुने प्रमुख आयुक्त घिमिरेले बताए ।

उनले आफ्नो जिम्मेवारीमा रहेका विकास निर्माणका कार्य समयमै सम्पन्न नगर्ने र गुणस्तरहीन सामग्रीको प्रयोग गर्नेलाई आयोगले कारबाही गर्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए ।

प्रमुख आयुक्त घिमेरेले राष्ट्रिय गौरवका आयोजनाहरूमा आयोगले विशेष निगरानी राखेको समेत जानकारी दिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।