स्वरोजगार लघुवित्तको खुद नाफा एक करोड, प्रतिशेयर आम्दानी खुम्चियो

Nov 05, 2018 Merolagani

स्वरोजगार लघुवित्त (SLBBL) को चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड रुपैयाँ खुद नाफा गरेको छ । कारोबार विस्तारबाट ब्याज आम्दानी बढेपछि लघुवित्तले गत वर्षको तुलनामा २४ लाख ३० हजार रुपैयाँ अर्थात ३१.९८ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ ।

गत वर्षको पहिलो त्रैमासमा लघुवित्तको खुद नाफा ७५ लाख ९५ हजार रुपैयाँ थियो । 

२६ करोड ८३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा ४ करोड ९७ लाख रुपैयाँ सञ्चित छ । यस अवधिमा कम्पनीको चुक्ता पूँजी १६ करोड ३४ लाखले बढेको छ भने जगेडा कोष ७९ लाख ३८ हजारले घटेको छ ।

चुक्ता पूँजी १५५ प्रतिशतले बढाएपछि गत वर्ष रहेको लघुवित्तको बार्षिक प्रतिशेयर आम्दानी १३ रुपैयाँ ९९ पैसा घटेर १४ रुपैयाँ ९४ पैसामा संकुचित भएको छ ।

त्यसैगरी स्वरोजगार लघुवित्तले असोज मसान्तसम्ममा ५३ करोड २३ लाखको निक्षेप संकलनलाई ८७ करोड २८ लाख र एक अर्ब ४९ करोडको कर्जा लगानीलाई दुई अर्ब २९ करोड ११ लाखमा बढाएको छ । 

 

कारोबार विस्तारबाट लघुवित्तले तीन महिनामा खुद ब्याज आम्दानी ४ करोड २५ लाख रुपैयाँ गरेको छ । लघुवित्तले गत वर्ष भन्दा खुद ब्याज आम्दानी ५८ प्रतिशतले बढोत्तरी गरेको हो । गत वर्ष यसै अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी दुई कारोड ९८ लाख रुपैयाँ थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात ०.१९ बाट बढेर ०.५१ प्रतिशतको अनुपातमा पुगेको छ । प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ५२ पैसा रहेको यस लघुवित्तको मूल्यआम्दानी अनुपात ४३.१७ गुणाले बढी रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।