महुली सामुदायिक लघुवित्तको सबै सूचक सकारात्मक, खुद नाफा ८५ लाख

Nov 05, 2018 Merolagani

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा महुली सामुदायिक लघुवित्त (MSLB) को खुद नाफा ८५ लाख ५१ रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिको तुलनामा १०.१२ प्रतिशतले खुद नाफा बढेको हो ।

गत वर्ष लघुवित्तको खुद नाफा ७७ लाख ६४ हजार रुपैयाँ थियो । चुक्ता पूँजी ६ करोड रुपैयाँमा स्थिर रहेको लघुवित्तको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ७७ पैसाबाट ५७ रुपैयाँ ०१ पैसामा बढेको छ ।

लघुवित्तले १४ करोड २७ लाखको जगेडा कोष बढाएर १६ करोड ३१ लाख रुपैयाँ सञ्चित गरेको छ ।

लघुवित्तकाे 

असोज मसान्तसम्ममा लघुवित्तले ७४ करोड ९४ लाख रुपैयाँ निक्षेप संकलन र ७० करोड ३८ लाख रुपैयाँ सापटी लिएर एक अर्ब ६४ करोड १८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यसैगरी समीक्षा अवधि सम्ममा लघुवित्तको खुद ब्याज आम्दानी तीन करोड २७ लाख रुपैयाँ छ । गत बर्ष यस्तो आम्दानी तीन करोड २८ लाख रहेको थियो ।

लघुवित्तमा निष्कृय कर्जा अनुपात केही बढेर १.७९ प्रतिशतको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ ३७१ रुपैयाँ ९२ पैसा छ भने मूल्य आम्दानी अनुपात १६९.८० गुणा रहेको छ ।

साथै लघुवित्तले चु्क्ता पूँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्न धितोपत्र बोर्डबाट असोज १४ गते स्वीकृति पाएको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।