आज देखि शेयर बजारमा नयाँ युगको सुरुवात, मोबाइलबाटै शेयर किनबेच

Nov 06, 2018 Merolagani

आज देखि नेपालको शेयर बजारमा नयाँ युगको सुरुवात हुँदैछ। शेयर बजारका लगानीकर्ताले पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउनेछन्। यसले शेयर बजारमा सर्वसाधारणको पहुँच क्रमिक रुपमा बढ्दै जाने र नेपालको पूँजी बजार विकास र विस्तारको कोशेढुंगा सावित हुने विश्वास गरिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सले आज एक औपचारिक कार्यक्रम मार्फत पूर्ण स्व:चालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याउने भएको छ। अनलाइन कारोबार प्रणालीको औपचारिक सुरुवात अर्थमन्त्री डा. युवराज खतिवडाले  हाेटल याक एण्ड यतिबाट गर्ने कार्यक्रम तय भएको छ ।

आज देखि सुरुवात हुने अनलाइन कारोबार प्रणाली केहि समयका लागि ब्रोकरहरुले मात्र प्रयोग सक्नेछन् । ब्रोकरहरुले आजै देखि यहि प्रणालीमा रहेर शेयर किनबेच गर्ने तथा गराउनेछन् । लगानीकर्ताले आफैँले प्रयोग गर्न भने केहि समय पर्खनुपर्नेछ ।

लगानीकर्ताले आफैँ अनलाइन प्रयोग नगरिन्जेलसम्म पुरानै प्रक्रियाबाट शेयर खरिद बिक्रीको आदेश दिनेछन् ।

अनलाइन मार्फत शेयर खरिद बिक्री गर्न चाहने लगानीकर्ताले शेयर खरिद बिक्री गर्दै आएको ब्रोकर कार्यालयबाट युजरनेम र पासवर्ड लिनु पर्नेहुन्छ ।

लगानीकर्ता समेत आफैँ यो पूर्ण स्व:चालित अनलाइन प्रणाली मार्फत शेयर किनबेच गर्दा इन्टरनेटको माध्यमबाट मोवाईल, ल्यापटप र कम्युटरको सहायताले शेयर किनबेचमा सहभागी हुनसक्ने छन् ।

नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध शेयर दलालहरुले अनलाईन प्रणालीबाटै रकम प्राप्त गर्ने र भुक्तानी गर्ने सुविधा समेत पाईसकेकाले अनलाईन संचालनमा थप सहजीकरण भएको छ । जसका कारण रकम बुझाउन समेत ब्रोकरकोमा जानु पर्ने बाध्यता रहने छैन ।

त्यस्तै सिडिएस एण्ड क्लियरिङ्गले ई-डिआईएस सेवा समेत सञ्चालन गरि सकेकाले शेयर खरिद बिक्रीको राफसाफ समेत अनलाइनको माध्यमबाट नै गर्न सकिन्छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।