विद्युत बेचेर कम्पनीले आफ्नो आम्दानी बढाएको हो । कम्पनीले विद्युत बेचेर १ करोड ५४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । यसैगरी कम्पनीले अन्य स्रोत मार्फत ३० हजार रुपैयाँ गरी जम्मा १ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ ।
कम्पनीले राम्रो आम्दानी गरेपनि सञ्चालन खर्च घटाउन नसक्दा अपेक्षा अनुरुपको नाफा गर्न सकेन । समीक्षा अवधिमा कम्पनीको सञ्चालन खर्च ११ लाख रुपैयाँ रहेको छ । जुन गत वर्षको यसै अवधिको तुलनामा २ लाख २८ हजार बढी हो । तर कम्पनीको प्रोजेक्ट खर्च भने गत वर्षको तुलनामा घटेको छ ।
कम्पनीको चुक्ता पूँजी ५० करोड १० लाख रुपैयाँ रहेको छ । गत बर्षको यसै अवधिमा कम्पनीको चुक्ता पूँजी ४७ करोड २२ लाख रहेको थियो । कम्पनीको जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीले १४ करोड ३ लाख रुपैयाँ बराबरको लगानी गरेको छ ।
कम्पनीको बार्षिक प्रतिशेयर आम्दानी ७.७२ रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २२३.८४ गुणाले बढी छ ।