अब बैंक अफ काठमाण्डू , कुमारी र देवः विकास बैंकबाट पनि सिधै अरु बैंकमा पैसा पठाउन सकिने

Nov 06, 2018 Merolagani

अब बैंक अफ काठमाण्डू , कुमारी बैंक र देवः विकास बैंक नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपिएस प्रणालीमा आबद्ध भएका छन् । योसँगै तीनवटै बैंकका सेवाग्राहीले अनलार्इन प्रणालीबाट सिधै अरु बैंकमा पैसा पठाउन सक्ने भएका छन् ।

क्लियरिङ्ग हाउसका अनुसार मंगलबारदेखि नै तीन बैंकहरुमा सेवा सुरु भएको छ ।

उल्लेखित बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट अनलाईन मार्फत प्रति बैंक प्रति कारोबार १ लाख सम्मको भुक्तानी गर्न सक्नेछन् । मोबाईल एप्स मार्फत प्रति बैंक प्रति कारोबार ५ हजार सम्मको भुक्तानी गर्न सक्ने बताइएको छ ।

यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले https://www.connectips.com// मा गई आफूलाई एक पटक आबद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु उपयोग गर्न सक्ने व्यवस्था छ ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजश्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटको फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी जस्ता काराेबार गर्न सकिने व्यवस्था छ ।

यस माध्यमबाट भुक्तानी कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुँदा बैंकका ग्राहकहरुले व्यहोर्दै आएको अनावश्यक झन्झटबाट राहत पाउनुको साथै समयकोे समेत बचत हुने छ ।

प्रणालीमा हाल सम्म ४४ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकामा हाल सम्म ३६ वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।