चौध सय रूपैयाँ शेयर मूल्य भएको कम्पनीको प्रतिशेयर आम्दानी २ रूपैयाँ !

Nov 07, 2018 Merolagani

२५ रूपैयाँको प्रतिशेयर आम्दानी २ रूपैयाँमा झर्ने कम्पनी कुन हो ?
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत एउटा कम्पनीको प्रतिशेयर आम्दानी २ रूपैयाँ ८९ पैसा कायम भए पछि यसका लगानीकर्ता निराश बन्ने अवस्था आएको छ । दोस्रो बजारमा १ हजार ४ सय २० रूपैयाँमा शेयर कारोबार भैरहेको कम्पनीको प्रतिशेयर आम्दानी २५ रूपैयाँ १४ पैसाबाट २ रूपैयाँ ८९ पैसामा झरेको हो ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एनएमबि माइक्रोफाइनान्स (NMBMF) को प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको हो ।

गत आर्थिक वर्षको प्रथम त्रैमासमा प्रतिशेयर आम्दानी २५ रूपैयाँ १४ पैसा रहेको कम्पनीको यस त्रैमासमा प्रतिशेयर आम्दानी २ रूपैयाँ ८९ पैसामा सीमित छ ।

चुक्तापूँजी स्थीर रहेको कम्पनीको अन्य सञ्चालन खर्च,कर्जा नोक्शानी व्यवस्था र कर्मचारी खर्चमा भएको भारी वृद्धिले माइक्रोफार्इनान्सको नाफा १० लाख १७ हजारमा खुम्चीएको छ । गत वर्ष यसै अवधिमा कम्पनीले ८८ लाख ५४ हजार खुद नाफा कमाएको थियो ।

यसरी खुद नाफामा सुधार हुन नसकिरहेका बेला मार्इक्राेफार्इनान्सकाे खर्चकाे अाकार फराकिलाे अन्तरले बढे पछि प्रतिशेयर अाम्दानीमा अधिक संकुचन अाएकाे हाे । यसले लगानीकर्ताकाे प्रतिफल पाउने अाश मरेकाे छ । यद्दपी मार्इक्राेफार्इनान्सले जगेडा काेष मासेर केही प्रतिफल दिन सक्ने सम्भावना रहन्छ ।

समिक्षा अवधिमा मार्इक्रोफार्इनान्सको खराब कर्जा अनुपात १.३८ बाट बढेर २.७२ प्रतिशत पुगेको छ । कर्मचारी खर्च २ करोड ६८ लाखबाट ३ करोड ७० लाख, अन्य सञ्चालन खर्च ८५ लाखबाट १ करोड १९ लाख रूपैयाँ पुगेको छ । कर्जा नोक्शानी व्यववस्था पनि ६७ लाखबाट १ करोड २९ लाखमा पुर्याए पछि मार्इक्रोफार्इनान्सको खुद नाफा अनपेक्षित रूपमा घटेको हो । 

१४ करोड ८ लाख चुक्तापूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १३ लाख सञ्चित छ । यस अवधिमा मार्इक्रोफार्इनान्सले ७७ करोड ५४ लाख निक्षेप र १ अर्व ८५ करोड बैंकबाट सापटी लिएर २ अर्व ३७ करोड कर्जा परिचालन गरेको छ । व्यवसायको आकारमा भएको वृद्धिसंगै मार्इक्रोफार्इनान्सको ब्याज आम्दानी बढेको छ ।

गत आर्थिक वर्षको यसै अवधिमा ८ करोड ८२ लाख ३६ हजार रूपैयाँ ब्याज आम्दानी गरेको मार्इक्रोफार्इनान्सले यस पटक १० करोड ८७ लाख १७ हजार रूपैयाँ ब्याज आम्दानी गरेको छ । तर ब्याज खर्चमा भएको अधिक वृद्धिले खुद ब्याज आम्दानी भने झिनो अंकले मात्र बढेको छ ।

जसअनुसार गत आर्थिक वर्षको यसै अवधिमा ४ करोड १९ लाख ३८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको मार्इक्रोफार्इनान्सले यस पटक ४ करोड ४० लाख ६१ हजार रूपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।