भर्खरै आर्इपिओ निकालेको एउटा कम्पनीको यो हवीगतबाट लगानीकर्ताले के आशा गर्ने ?

Nov 11, 2018 Merolagani

केहि समय अघि साधारण शेयर निष्काशन गरेर लगानीकर्तालाई केहि आशा देखाएको एउटा कम्पनीले आशालाई निराशामा बदल्ने किसिमको अवस्था देखाएको छ। आईपिओ निष्काशन गर्नु पहिले गत आर्थिक वर्षको पहिलो त्रैमासमा सामान्य खुद नाफा कमाएको उक्त कम्पनीले यस पटक खुद नोक्सानी व्यहोरेको वित्तीय विवरण पस्किएर आफ्ना शेयरधनीलाई निराश बनाएको हो ।

काभ्रेमा मुख्य कार्यालय रहेको आरम्भ माइक्रोफाइनान्स (AMFI) ले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ९ लाख २३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

गत वर्ष यसै अवधिमा माइक्रोफाइनान्सले सञ्चालन नोक्सानीका बावजुद पनि ८ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

तर यस पटक माइक्रोफाइनान्सले खराब कर्जा असुली गर्न नसकेका कारण कमाई गर्न नसकेको हो । गत आर्थिक वर्षमा पनि सञ्चालन नोक्सानीमा रहेको माइक्रोफाइनान्सले प्रोभिजन गरेको रकमको सहयोगमा खुद नाफा कमाउन सकेको थियो ।

समीक्षा अवधिमा ३ करोड ६ लाख रुपैयाँ चुक्ता पूँजीलाई आईपिओबाट ६ करोड पुर्याएको माइक्रोफाइनान्सको जगेडा कोष ४४ लाख ९५ हजार रुपैयाँले ऋणात्मक छ । गत वर्ष यसै अवधिमा कम्पनीको जगेडा कोष ४६ लाख ७४ हजार रुपैयाँले ऋणात्मक थियो ।

अघिल्ला त्रैमासको सहयोगमा माइक्रोफाइनान्सको जगेडा कोषमा केहि सुधार हुन खोजे पनि कर्मचारी खर्च, अन्य सञ्चालन खर्चमा आएको बढोत्तरी त्यो चुनौतीपूर्ण देखिएको छ ।

यस अवधिमा माइक्रोफाइनान्सले ११ करोड ८९ लाख निक्षेप संकलन र २७ करोड ३४ लाख रुपैयाँ सापटी लिएर ३८ करोड ५१ लाख कर्जा परिचालन गरेको छ ।

यो आकार गत आर्थिक वर्षको यसै अवधिको तुलनामा निकै राम्रो हो । जसका कारण माइक्रोफाइनान्सको व्याज आम्दानीमा पनि सुधार देखिएको छ । माइक्रोफाइनान्सले यस पटक ६४ लाख ३३ हजार खुद ब्याज आम्दानी गरेको छ ।

गत वर्षको तुलनामा माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी १३ लाख १३ हजारले बढेको हो । गत बर्ष यसै अवधिमा माइक्रोफाइनान्सले ५१ लाख २० हजार खुद ब्याज आम्दानी गरेको थियो ।

यसरी माइक्रोफाइनान्सले व्यवशायको आकार केहि बढाउन खोजे पनि अरु पक्षमा सुधार गर्न नसक्दा अवस्था नाजुक देखिएको हो । अब माइक्रोफाइनान्सको व्यवशायको आकार तिब्र रुपमा बढाउँदै विभिन्न शिर्षकका खर्चमा कटौती नगर्ने हो भने शेयरधनीले अझै केही वर्ष माइक्रोफाइनान्सबाट कुनै पनि किसिमको प्रतिफल पाउन सक्दैनन् ।

माइक्रोफाइनान्सको निष्क्रिय कर्जा अनुपात १.२३ प्रतिशतबाट बढेर २.८८ प्रतिशतमाा पुगेको छ । यसले माइक्रोफाइनान्सलाई झनै जोखिमको बाटोतिर डोर्याएको छ ।

खुद नोक्सानी व्यहोरेका कारण माइक्रोफाइनान्सको प्रतिशेयर नोक्सानी १ रुपैयाँ ५४ पैसा कायम भएको छ । कमाउने कुरा कहिले कहिले ? कम्पनीको नेटवर्थ ९२ रुपैयाँ ५१ पैसा छ ।

दोस्रो बजारमा माइक्रोफाइनान्सको प्रतिकित्ता शेयर ९ सय रुपैयाँ हाराहारीमा किनबेच भैरहेको छ । लगानीकर्ताले बुझ्नपर्ने कुरा यत्ति हो कि प्रतिफल दिने त कता कता, उल्टै नोक्सान व्यहोर्ने कम्पनीको शेयर यति महङ्गो मूल्यमा किन किन्ने ?

योभन्दा धेरै सस्तो मूल्यमा राम्रा कम्पनीहरुको शेयर फालाफाल छ भने प्रतिफल पाउन वर्षौं कुर्नुपर्ने कम्पनीको शेयरमा लगानी गर्न हतारो किन ?

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।