गुडविल फाइनान्सको खुद नाफामा गिरावट

Nov 11, 2018 Merolagani

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा गुडविल फाइनान्स (GFCL)  एक करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा फाइनन्सको खुद नाफा १३.३० प्रतिशतले घटेको हो ।

गत वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कर्मचारी खर्च, अन्य सञ्चालन खर्च साथै सम्भावित नोक्सानी व्यवस्थापनका लागि धेरै रकम छुट्याउँदा फाइनान्सको कमाई संकुचित बनेको हो ।

यस त्रैमासमा सम्भावित नोक्सानी वापतको व्यवस्थापनमा ८ करोड दुई लाख रुपैयाँ छुट्याएको फाइनान्सले एक करोड ८१ लाख रुपैंया कर्मचारी खर्च गर्दै एक करोड ७२ लाख रुपैयाँ अन्य सञ्चालनमा खर्चिएको छ ।

८० करोड चुक्ता पूँजी रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड ४७ लाख रुपैयाँ सञ्चित छ ।

असोज मसान्तसम्ममा फाइनान्सले ५ अर्ब ६० करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ अर्ब ९४ करोड ७४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

तीन महिनाको अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी ५ करोड ८५ लाख रुपैयाँ छ । गत वर्ष यसै अवधिमा फाइनान्सले दुई करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी थियो ।

गतबर्ष १.२९ प्रतिशको अनुपातमा रहेको फाइनान्सको निष्कृय कर्जा अनुपात अहिले सुधारिएर ०.८० प्रतिशतको अनुपातमा झरेको छ । फाइनान्सको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा रहेको छ ।

फाइनान्सको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ १० पैसा छ भने मूल्य आम्दानी अनुपात २४.४६ गुणाले बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।