साना किसान विकास लघुवित्तको कमाई ४ करोडले बढ्यो

Nov 11, 2018 Merolagani

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा साना किसान विकास लघुवित्त(SKBBL) ले १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको पहिलो त्रैमासको तुलनामा लघुवित्तको खुद नाफा ४ करोड ४ लाख रुपैयाँले धेरै हो ।

गत वर्षको यसै अवधिमा लघुवित्तले ८ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद ब्याज आम्दानीमा बढोत्तरी हुदाँ लघुवित्तको खुद नाफा बढेको हो । 

चुक्ता पूँजी ६२ करोड ८८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा एक अर्ब ७१ करोड ५३ लाख रुपैयाँ सञ्चित छ ।

लघुवित्तको निष्कृय कर्जा ०.१० प्रतिशतको अनुपातमा छ । लघुवित्तको प्रतिशेयर आम्दानी ७७ रुपैयाँ ८८ पैसा छ ।

प्रतिशेयर नेटवर्थ ३७२ रुपैयाँ ७८ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात १३.८७ गुणाले बढी छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।