स्वदेशी लघुवित्तको हकप्रद भर्ने आज अन्तिम

Nov 12, 2018 Merolagani

स्वदेशी लघुवित्त कम्पनी (SDESI) ले निष्काशन गरेको एक बराबर एक अनुपातमा हकप्रदमा शेयरमा आवेदन गर्ने कात्तिक २६ गते सोमबार अन्तिम दिन रहेको छ । 

लघुवित्तले असोज २३ गतेदेखि ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गरेको थियो ।

यस हकप्रदमा भदौ २४ गतेसम्म कायम रहेका शेयरधनीले आवेदन गर्न सक्नेछन् । लघुवित्तको सेयर बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

हकप्रदमा स्वदेशी लघुवित्तको कायार्लय इटहरी र सम्पूर्ण शाखा कायार्लयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सि(आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत आवेदन गर्न सकिनेछ ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । शतप्रतिशत हकप्रद पश्चात स्वदेशीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले गत आर्थिक बर्षको नाफाबाट हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी २३ करोड रुपैयाँको १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेपनि पछि सो लाभांश रद्ध गरेको थियो ।

गत आर्थिक वर्षमा स्वदेशीले ३ करोड ७७ लाख खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३२ रूपैयाँ ८ पैसा कायम गरेको छ । कम्पनीको सेयरमूल्य आइतबार प्रतिकित्ता ६८१ रूपैयाँमा कारोबार भएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।