कम्पनीले गत वर्षको पहिलो त्रैमासमा रहेको ८४ प्रतिशत खराब कर्जालाई चालू वर्षको पहिलो त्रैमासमा २० प्रतिशतमा झारेको छ । राष्ट्र बैंकले यस्तो अनुपात ५ प्रतिशतमा कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।
सिनर्जी फाइनान्सलार्इ गाभेपछि कम्पनीका अन्य वित्तीय सूचकमा पनि क्रमश: सुधार आउन थालेको छ। कम्पनीको निक्षेप तथा कर्जामा उल्लेखनीय सुधार देखिएको छ । खराब कर्जा असुली तथा खुद ब्याज आम्दानी पनि बढेको छ ।
तर कम्पनीको खुद नाफा भने गत वर्षको यसै अवधिको तुलनामा ८२.८२ प्रतिशतले खस्किएको छ । कर्मचारी खर्च, अन्य सञ्चालन खर्च साथै सम्भावित जोखिम व्यवस्थापनको लागि धेरै रकम छुट्याउँदा फाइनान्सको खुद नाफा घटेको हो ।
चालू आर्थिक बर्षको पहिलो त्रैमासमा बेष्ट फाइनान्सले खुद नाफा ४० लाख रुपैयाँमा खुम्चिएको छ । गत वर्षको पहिलो त्रैमासमा फाइनान्सले दुई करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
चुक्ता पूँजी ८१ करोड रुपैयाँ रहेको फाइनान्सको जगेडा कोष १९ करोड २५ लाख रुपैयाँले ऋणात्मक छ । असोज मसान्तसम्ममा दुई अर्ब २८ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाइनान्सले एक अर्ब ९९ करोड ८३ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
फाइनान्सको प्रतिशेयर आम्दानी ०.५ रुपैयाँ छ । प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ २३ पैसा रहेको फाइनान्सको मूल्य आम्दानी अनुपात २१४.५६ गुणाले बढी रहेको छ । फाइनान्सको कोष लागत १०.२७ प्रतिशत, सीडी रेसियाे ७१.७८ प्रतिशत छ ।
२०५२ सालमा स्थापना भएको तत्कालिन जनरल फाइनान्सलाई राष्ट्र बैंकले २०७० जेठमा समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त संस्थाको रुपमा रहेको फाइनान्स कम्पनीमा एनआरएन समूहको प्रवेशपछि बेष्ट फाइनान्सको नामबाट सञ्चालनमा आएको थियो।
यस्तै सिनर्जी फाइनान्स तत्कालीन एल्पिक एभरेष्ट फाइनान्स, सीएमबी फाइनान्स र बुटवल फाइनान्स एक आपसमा मर्ज भएर बनेको थियो ।