आकर्षक लाभांश घोषणा गरेपछि उन्नति माइक्रोको शेयरमूल्य बढ्यो

Nov 13, 2018 Merolagani

गत बर्षको मुनाफाबाट ४२.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको उन्नति माइक्रो फाइनान्स (UMB) को माग बढेपछि शेयरमूल्य समेत बढेको छ । मंगलबारको बजारमा कम्पनीको शेयरमूल्य झण्डै दश प्रतिशत बढीले उकालो लागेको छ ।

संस्थाले आफ्ना शेयरधनीलाई ४०.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

अघिल्लो बर्ष मात्रै आइपिओ निष्काशन गरेको कम्पनीले आर्कषक लाभांश घोषणा गरेपछि शेयर बजारमा शेयर खरिद गर्नेहरुको चाप बढेको छ । मार्केटडेप्थमा कम्पनीको शेयर बिक्रीको भन्दा खरिदको माग तीन गुणा बढी छ । जसले गर्दा कम्पनीको शेयर मूल्य समेत करिब दश प्रतिशतले उकालो लागेको छ ।

मंगलबार प्रतिकित्ता १५७५ रुपैयाँमा कारोबार खुलेकोमा यो खबर तयार पार्दासम्म कम्पनीको शेयरमूल्य बढेर प्रतिकित्ता १७२० रुपैयाँ पुगिसकेको छ ।

हाल संस्थाको चुक्ता पुँजी ५ करोड ५० लाख रुपैयाँ छ । बोनस पश्चात चुक्ता पुँजी ७ करोड ७२ लाख रुपैयाँ पुग्ने छ । संस्थाले लाभांश सार्वजनिक गरेपछि संस्थाको सेयर मूल्य उकालो लागेको छ ।

गत आर्थिक वर्षमा लघुवित्तले ८४ लाख ८१ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । संस्थाले गत पुसमा एक लाख ६५ हजार कित्ता साधारण शेयर जारी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी ६१ रुपैयाँ ४६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७९ रुपैयाँ २२ पैसा रहेको लघुवित्तले जगेडा कोषमा ४ करोड ३५ लाख रुपैयाँ सञ्चित छ । खराब कर्जा अनुपात ०.७४ प्रतिशतमा बढेको लघुवित्त कम्पनीको पूँजी कोष अनुपात भने ८.९८ प्रतिशतमा खुम्चिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।