सूर्योदय लघुवित्तले ४२.७५ प्रतिशत बोनस बाँड्ने, कर तिर्न नगद पनि

Nov 15, 2018 Merolagani

सूर्योदय लघुवित्त (SLBS) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई ४२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ। लघुवित्तको कार्तिक २९ गते सम्पन्न सञ्चालक समितिको बैठकले सो बोनस र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्षमा पनि ४२.७५ प्रतिशत बोनस र कर प्रयोजनका लागि २.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । 

साथै लघुवित्तले बोनस पश्चात कायम हुने चुक्ता पूँजी १० करोड ७९ लाख १९ हजार रुपैयाँको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव समेत गरेको छ ।

लघुवित्तले पुतलिबजार नगरपालिका वडा नं १ मा रहेको जिल्ला समन्वय समितिको सभाहलमा पुस ७ गते शनिबार छैटौं वार्षिक साधारण सभा आह्वान समेत गरेको छ ।

साधारण सभामा लघुवित्तले संस्थाको संस्थापक शेयर स्वामित्व घटाएर ५१ प्रतिशतमा झार्ने प्रस्ताव समेत गरेको छ । 


comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।